कार्कीले बिहीबार आफ्ना कानुन व्यवसायीमार्फत सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए । अध्ययनका क्रममा रहेको भन्दै बिहीबार दर्ता हुन नसकेको उक्त निवेदन शुक्रबार सर्वोच्च अदालत प्रशासनले दर्ता गरेको हो ।
सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएपछि सामान्यतया त्यसको भोलिपल्ट सुनुवाइका लागि पेशी तोक्ने प्रचलन छ । सोहीअनुसार कार्कीको रिटमा पनि सुनुवाइका लागि पेशी तोकिने अपेक्षा गरिएको छ ।