मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु

Nov 19, 2026 10:02 AM Merolagani



मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। आज मंसिर ३ गते बिहान ८ः३० बजे हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो।

सुमोमा चालकसहित १० जना सवार रहेकोमा ७ जना घाइते भएका छन्। दुर्घटनामा ३ जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए। घाइते तथा मृतकलाई उद्धार गरी हेटौंडा अस्पताल ल्याइएको छ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।




सुनचाँदीको मूल्यमा भारी गिरावट

Nov 18, 2026 10:46 AM

नेपाली बजारमा मंसिर २ गते, बुधबार पनि सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको हो।