यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले मंसिर २३ गते, बुधबार, द एभरेष्ट होटल, नयाँ बानेश्वर, काठमाडौँमा ३३ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा दिउँसो साढे ४ बजे शुरु हुनेछ।
सभाले प्रतिकित्ता १ हजार ५४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने सामाजिक र सामुदायिक परियोजनाहरुमा आर्थिक योगदान लगायतका प्रस्तावहरु पारित गर्नेछ। त्यस्तै, सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा हालसम्म भएका सम्पूर्ण संशोधनहरुलाई समेटी, कम्पनी रजिष्ट्रारको कार्यालयमा तीन दस्तावेजहरुको ढोँचा अद्यावधिक गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।