चिनियाँ महिलासँगको सम्बन्धको विवादपछि राजीनामा दिएका जेन्सेन हुआङ पुनः एनभिडियाको सीईओ नियुक्त, कम्पनीको शेयर ३१ प्रतिशतले बढ्यो

Nov 24, 2026 11:29 AM Merolagani



एक चिनियाँ महिलासँगको सम्बन्ध तथा चीनलाई अत्याधुनिक चिप्स आपूर्ति गरेको आरोपबीच नोभेम्बर १२ मा राजीनामा दिएका एनभिडियाका सीईओ जेन्सेन हुआङ पुनः कम्पनीको नेतृत्वमा फर्किएका छन्।

अमेरिकी सरकारका वरिष्ठ अधिकारीहरूसँगको गहन छलफलपछि कम्पनीको सञ्चालक समिति (बोर्ड) ले उनलाई पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुनर्बहाली गर्ने निर्णय गरेको हो। उनको पुनरागमनको घोषणासँगै कम्पनीको शेयर मूल्य ३१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

बोर्डका अनुसार हुआङको पुनरागमनले अमेरिकी राष्ट्रिय सुरक्षामा कुनै खतरा पुर्‍याउने छैन। यद्यपि, विदेशी गुप्तचर निकायसँगको शंकास्पद संलग्नताबारे उनीमाथि भइरहेको अनुसन्धान भने जारी नै रहने बताइएको छ।

कम्पनीमा फर्किएपछि जेन्सेन हुआङको प्रतिक्रिया:

एनभिडियाजस्तो अग्रणी प्रविधि कम्पनीको नेतृत्वमा पुनः फर्किन पाउँदा आफूलाई सम्मानित महसुस भएको हुआङले बताएका छन्। उनले बोर्डले आफूमाथि देखाएको विश्वासप्रति आभार व्यक्त गरे। साथै, सङ्कटको घडीमा कम्पनीलाई कुशलतापूर्वक सम्हालेको भन्दै उनले हार्वे जोन्स, कोलेट क्रेस तथा सम्पूर्ण उच्च व्यवस्थापन टोलीको प्रशंसा गरे।

हुआङले विश्वभर रहेका एनभिडियाका कर्मचारी, सेयरधनी, प्रविधि क्षेत्रका साझेदार तथा शुभचिन्तकहरूलाई धन्यवाद दिए। कठिन समयमा साथ दिने परिवारप्रति कृतज्ञता व्यक्त गर्दै उनले आफू पूर्ण ऊर्जाका साथ काममा फर्किन उत्साहित रहेको उल्लेख गरे।

हुआङ पुनः सीईओ बन्नुका तीन मुख्य कारण:

१. अमेरिकी सरकारको ग्रिन सिग्नल (क्लियरेन्स):

कम्पनीका अनुसार बोर्डले अमेरिकी सरकारका उच्च अधिकारीहरूसँग परामर्श गरेको थियो। सरकारबाट प्राप्त सुझावका आधारमा हुआङको फिर्तीले राष्ट्रिय सुरक्षामा कुनै असर नपर्ने निष्कर्ष बोर्डले निकालेको हो।

२. बोर्डको पुनर्स्थापित विश्वास:

बोर्डले हुआङसँग विभिन्न चरणमा छलफल तथा बैठकहरू गरेको थियो। ती बैठकहरूमा उनले दिएको स्पष्टीकरण र कम्पनीलाई नेतृत्व दिने उनको क्षमताबाट बोर्ड पूर्ण रूपमा सन्तुष्ट भएको थियो।

३. कम्पनी र लगानीकर्ताको सर्वोत्तम हित:

बोर्ड अध्यक्ष हार्वे सी. जोन्सका अनुसार कम्पनीको नेतृत्वका लागि हुआङ नै सबैभन्दा योग्य व्यक्ति हुन्। उनको पुनरागमन सेयरधनी, कर्मचारी, व्यावसायिक साझेदार र ग्राहक सबैको हितमा रहेको बोर्डको ठहर छ।

हुआङको विकल्प खोज्न किन कठिन थियो?

१. कम्पनीमा ठूलो शेयर हिस्सा:

हुआङसँग एनभिडियाको ३.५६ प्रतिशत सेयर छ। उनी कम्पनीका सबैभन्दा ठूला व्यक्तिगत सेयरधनी हुन्।

२. दोस्रो तहको नेतृत्वको अभाव:

कम्पनीको दैनिक कार्यसञ्चालनदेखि रणनीतिक निर्णयसम्म सबैमा उनको प्रत्यक्ष पकड थियो। ६० भन्दा बढी उच्च कार्यकारीहरूले उनलाई सीधै रिपोर्टिङ गर्थे।

३. बोर्डमा पुराना साझेदारहरूको बाहुल्यता:

बोर्डका अधिकांश सदस्यहरू एनभिडियामा सुरुवाती लगानी गर्ने वा सहकार्य गर्ने कम्पनीहरूसँग सम्बन्धित छन्। पूर्व कर्मचारीहरूका अनुसार कम्पनीको नीतिगत निर्णयमा हुआङकै प्रभाव निर्णायक रहँदै आएको छ।

४. ट्रम्पसँगको निकटता:

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनको सुमधुर सम्बन्ध छ र उनीहरूबीच निरन्तर संवाद हुने गर्छ। हुआङले चीनमा चिप बिक्रीमा लगाइएका प्रतिबन्धहरू खुकुलो बनाउन ट्रम्प प्रशासनसँग पैरवी गर्दै आएका छन्। अमेरिकी एआई र सेमिकन्डक्टर नीति निर्माणमा पनि उनको ठूलो प्रभाव मानिन्छ।

'मैले नै बोर्डलाई मनाएर हुआङलाई फिर्ता ल्याएँ': ट्रम्प

अमेरिकी राष्ट्रपति ट्रम्पले हुआङको पुनरागमनको श्रेय आफैंले लिएका छन्। सीएनबीसीसँगको कुराकानीमा ट्रम्पले आफूले कम्पनीको बोर्डसँग सीधै कुरा गरेर हुआङलाई पुनः नियुक्त गर्न राजी गराएको दाबी गरे।

हुआङबाट अमेरिकी राष्ट्रिय सुरक्षामा कुनै जोखिम नरहेको भन्दै आफूले बोर्डलाई आश्वस्त पारेको ट्रम्पले बताए। बोर्डसँग संवादबारे सोधिएको प्रश्नमा उनले भने, "मैले उनीहरूसँग कुरा गरें र उनीहरूलाई सहमत गराएँ।"

सामाजिक सञ्जालमार्फत ट्रम्पले हुआङको फिर्तीको स्वागत गर्दै बोर्डको निर्णयको प्रशंसा गरेका छन्। उनले एनभिडिया र अमेरिकी अर्थतन्त्रको विस्तारका लागि हुआङको नेतृत्व अपरिहार्य रहेको दाबी गरे।

सीईओमा नियुक्त भए पनि अनुसन्धान जारी रहने

एनभिडियाले प्रस्ट पारेको छ कि हुआङलाई सीईओमा पुनः नियुक्त गरिए पनि उनीमाथिको आन्तरिक अनुसन्धान रोकिने छैन, प्रक्रिया पूर्ववत जारी रहनेछ।

विदेशी गुप्तचर निकायले उनलाई निशाना बनाएको भन्ने दाबी सार्वजनिक भएपछि एनभिडियाको बोर्डले स्वतन्त्र निर्देशकहरूको एक छानबिन समिति गठन गरेको छ। यस प्रक्रियालाई पारदर्शी बनाउन छुट्टै कानुनी सल्लाहकारसमेत नियुक्त गरिएको छ।

बोर्डका अनुसार अनुसन्धान निष्पक्ष रूपमा सम्पन्न नभएसम्म समिति सक्रिय रहनेछ र हुआङले पनि छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

 



सुनचाँदीको मूल्यमा भारि गिरावट

Nov 20, 2026 10:45 AM

मंसिर ४ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि गिरावट भएको छ। यसदिन सुन प्रतितोला १२ हजार २०० रुपैयाँ र चाँदी तोलाको २२५ रुपैयाँले घटेको हो ।