आईक्यूएयरका अनुसार पाकिस्तानको लाहोरमा एक्यूआई ४४७ पुगेको छ । त्यहाँ पीएम २.५ कणको मात्रा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्डभन्दा ६० गुणा बढी छ ।
वर्षको यस समयमा यस क्षेत्रमा वायु प्रदूषण गम्भीर बन्ने गर्छ । सवारीसाधन, निर्माण गतिविधि र पराल जलाउँदा निस्कने प्रदूषक चिसो तथा बाक्लो हावामा जमेर धुवाँ र तुवाँलोको मिश्रण (स्मग) बनाउँछन् । यसले प्रदूषणको स्तर बढाउनुका साथै स्थानीय बासिन्दामा श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य जोखिम बढाउँछ ।
दिल्लीमा प्रदूषण नियन्त्रणका लागि प्रदूषण फैलाउने सवारीसाधन र निर्माण गतिविधिमा प्रतिबन्धलगायत उपाय लागु गरिएका छन् । तर, नोभेम्बर ८ मा पर्ने दीपावलीका क्रममा पटका पड्काउँदा प्रदूषण थप बढ्न सक्ने आशंका छ ।
भारतको सर्वोच्च अदालतले दीपावलीमा कम प्रदूषण गर्ने पटका मात्र पड्काउन अनुमति दिएको छ । यद्यपि, सञ्चारमाध्यमको एक रिपोर्टअनुसार बजारमा सबै प्रकारका पटका बिक्री भइरहेका छन् ।