कति प्रयोगमा आउलान् भुकम्पबाट क्षतिग्रस्त अपार्टमेन्ट ?

May 04, 2015 Merolagani



राजधानीमा निर्माण गरिएका अग्ला खाले संयुक्त आवासीय भवन अर्थात हाईराईज अपार्टमेन्टहरुमा हालैको बिनासकारी भुकम्पले क्षति पुर्याएपछि त्यसको पुनः प्रयोगलाई लिएर चर्चा सुरु भएको छ । धापासीको पार्क भ्यु होराईजलगायतका मानिस बसोबास गरिरहेका अपार्टमेन्टहरुमा भुकम्पले डरलाग्दो क्षति पुर्याएपछि ती भवनहरु न्जिकबाट हिडडुल गर्नेहरु समेत त्रसित हुने गरेका छन् । 

काठमाडौ उपत्यकामा ७० वटा अपार्टमेन्टहरु निमार्णाधिन रहेकोमा प्रायः सबै जसो अपार्टमेन्टहरुमा केही न केही क्षति भएको छ तर बस्नै नहुने गरी क्षति पुगेका अपार्टमेन्टहरुको संख्या थोरै रहेको नेपाल जग्गा तथा आवास विकास संघले जनाएको छ । संघले सबै हाईराईज अपार्टमेन्टहरुको निरीक्षण गरी यस्तो निष्कर्ष निकालेको हो । अग्ला भवनको पिलर र बीमहरुमा क्षति नपुगी भित्ताहरु मात्र चकिएका र प्लाष्टर खसेका भए मर्मत गरेर बस्न उपयुक्त हुने संघको भनाइ छ ।

 

बिक्री भएका धेरै अपार्टमेन्टहरुको बीमा गरिएकोले क्षतिपुर्ति प्राप्त गर्न समस्या नहुने बताईएको छ । सगरमाथा ईन्स्योरेन्सले क्षतिग्रस्त पार्क भ्यु होराईजन, सिटिसी मल, सिभिल मल सहित ठूला हाउजिङ र ब्यापारिक भवनको बीमा गरेको छ । बीमा गरिएका कारण अपार्टमेन्टहरुमा कर्जा लगानी गरेका बैंकहरुको पनि लगानी धेरै जोखिममा नपर्ने बताईन्छ । हाईराईज अपार्टमेन्टहरुमा लगानी गरेका बैंकहरुले भुकम्प आउनु भन्दा अगाडि नै कर्जाको सावाँ ब्याज असुलीमा समस्या ब्यहोरिरहेका थिए भने त्यस प्रक्रिया अब थप जटिल हुने भने निश्चित छ ।

 

 

नेपालमा २०६० साल यताबाट अपार्टमेन्ट निर्माण गर्ने क्रम सुरु भएको थियो तर नेपालीहरुमा अपार्टमेन्ट भन्दा पनि अलग घर रुचाउने प्रबृत्ति हावी रहेका कारण बनेका अपार्टमेन्ट बिक्रीमा समस्या देखिएको थियो ।

 

 

घरजग्गा ब्यवसायी सुधिर बस्नेतले निर्माण गरेका हाउजिङहरु आर्थिक समस्याले पुरा हुन नसकेको बेला महाभुकम्पपछि झन् अन्योल थपेको छ । काठमाडौको मुटु डिल्लीबजारमा दीपक मलहोत्राले निर्माण गरेको हाउजिङ पनि तयार नहुँदै महाभुकम्पले क्षतिग्रस्त बनाएको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।