भूकम्प प्रभावित क्षेत्रमा थप कहाली लाग्दो अवस्था छ । स्थानीय तहमा मात्रै नभएर यसले समग्र राज्यकै समस्यालाई बढवा दिने काम गर्दछ ।
नीजि क्षेत्रमा पिरलो
देशको करिव ९० प्रतिशत अर्थतन्त्रमा नीजि क्षेत्रको बर्चस्व छ । उद्योग, कलकारखाना, रोजगार आदि कुरामा नीजि क्षेत्रको वाक्लो उपस्थिति छ । त्यस बाहेक सहकारी पनि नीजि क्षेत्रकै एउटा फरक पील्लर हो । सहकारीका माध्यमबाट पनि धेरै उद्योगहरु संचालनमा आउन लागेको अबस्था थियो । तर भूकम्पको झड्का सहकारमिा पनि परेको छ । ग्रामिण अर्थतन्त्रका अन्य आधारहरु लाई हेर्ने हो भने भूकम्प प्रभावित जिल्लाको ग्रामिण अर्थतन्त्र पुरै ध्वस्त भएको अबस्था छ । यो सबै कुराको चित्रणमा नेपाल उद्योग वाणिज्य महासंघले ठुलो चिन्ता व्यक्त गरेको छ । महासघले भूकम्पको पराकम्पनका कारण मुलुकभरको औद्योगिक क्षेत्रमा ठूलो क्षेती पुगेको बताएको छ । महासंघले गत बैशाख १२ गते गएको भूकम्पले केही जिल्लामा मात्र क्षती पुगेको र दोस्रो पराकम्पनले मुलुकभरका अधिकांश उद्योग तथा व्यवसायमा क्षती पुगेको बताएको छ । महासंघका कार्यबाहक अध्यक्ष पशुपति मुरारकाका अनुसार भूकम्पले पूर्व देखि पश्चिमसम्मका उद्योगहरुमा क्षती पुगेको छ । यसले व्यापार व्यवसाय भत्कीएर मात्रै असर गरेको छैन, भूकम्पपछि कर्मचारी, मजदुर आदीको समस्यालाई पनि धक्का लगाएको छ । कतिपय सपीङ कम्पलेक्सहरु तत्काल संचालनमा आउन सक्ने अबस्थामा छैनन् भने संचालनमा आउन सक्ने अबस्थामा रहेका सपिङ मलहरुमा पनि तत्काल चहल पहल नहुने निश्चित छ । औधोगिक क्षेत्रको समस्या अझ त्यो भन्दा बढी छ । अहिले भूकम्प प्रभावित क्षेत्रमा मात्रै नभएर अन्य जिल्लाका उद्योगहरु पनि संचालनमा छैनन् । ती क्षेत्रमा पनि यसले प्रभाव पारेको छ । केन्द्रीकृत शाशन पद्दति भएका कारण काठमाडौंमा रहेका अधिकाँस उद्योग धन्दा बन्द अबस्थामा छन् । ति उद्योग व्यवसायलाई सामान्य अवस्थामा फर्कन निकै लामो समय लाग्ने छ । भूकम्पले क्षती पुगेका उद्योग व्यवसाय त्रासमा छन् भने अन्य औद्योगिक क्षेत्र पनि बन्द अवस्थामा छन् ।
पर्यटन क्षेत्रमा बज्रपात
पर्यटन क्षेत्रमा भूकम्पको धक्का सबैभन्दा ठुलो र कहाली लाग्दो छ । सगरमाथाको आरोहण यो बर्ष भरी नहुने सम्भावना बढेको छ । भूकम्पकै कारण करिव १ सय जना विदेशी पर्यटकले ज्यान गुमाएका छन् । सगरमाथा आरोही र अन्य सबै पर्यटक फिर्ता भएका छन् । यो वर्ष भूकम्पले हिँउपहिरो गएपछि आरोहण हुने सम्भावना छैन । महा विपत्तिका रुपमा आएको भूकम्पले नेपालको पर्यटन क्षेत्रलाई धेरै बर्ष पछाडि धकेल्ने छ । यसबाट पर्यटन क्षेत्रमा भएको क्षतिको विवरण अझै आइसकेको छैन । तथापी सम्भावनाको महत्वपूर्ण क्षेत्र मानिएको पर्यटन क्षेत्रलाई भूकम्पले उठ्नै नसक्नेगरी थिचेको छ । काठमाडौंको पर्यटन क्षेत्र ठमेल बन्द जस्तै रहेको छ भने देशमै पर्यटकहरु आउने क्रम रोकिएको छ । देशका महत्वपूर्ण धरोहरहरु भूकम्पका कारण ध्वस्त भएको अबस्था छ । आगामी दिनमा सरकारले पर्यटकहरुलाई भूकम्पबाट प्रभाव नभएका लुम्बिनी, सौराहा लगायतका क्षेत्रमा आकर्षण गर्न सक्ने योजना ल्याउन सकेन भने पर्यटन व्यबसाय धेरै पछि पर्ने निश्चित देखिएको ।
लगानीमा जोखिमता
अब लगानीका क्षेत्रहरु साँघुरीएका छन् । पछिल्लो समय पर्यटन र कृषिमा पनि अत्यन्तै बढी लगानी थियो । तर भूकम्प पछि पर्यटन क्षेत्र थला परेपछि पर्यटन क्षेत्रमै लगानी अत्यन्तै कम हुने देखिएको छ । जहाँ लगानी हुन्छ त्यहाँ नाफा हुनुपर्ने लगानीकर्ताको लागि पहिलो सर्त हुन सक्छ । यस कारण नेपालमा रहेका वित्तिय क्षेत्रलाई पनि भूकम्पीय असर कम्ति सानो परेको छैन । ठुला हाउजीङ देखि अपार्टमेन्ट क्षेत्रमा लगानी गरेका बैंकहरु यसै पनि समस्यामा परेका छन् । त्यसबाहेक पर्यटन क्षेत्रमा भएको लगानी, कृषि क्षेत्रमा भएको लगानी र भूकम्प प्रभावित जिल्लामा भएका संरचनामाथिको लगानी डुव्ने अबस्थामा छ । यसले आगामी लगानीका बाटाहरु थप जटिल बनाएको छ