भुकम्पले घर जग्गा ब्यवसायमा धक्का दिँदा कुन बाणिज्य बैंकलाई बढी मार ?

May 19, 2015 Merolagani



बैसाख १२ गते यता गएका भुकम्पले ठूला अपार्टमेन्ट, हाउजिङ र ब्यक्तिगत घरहरुमा क्षति गरेपछि त्यसमा लगानी गरेका बाणिज्य बैंकहरुको बारेमा लगानीकर्ताहरुले चासो दिन थालेका छन् । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मको बित्तीय बिबरण राम्रो भए पनि र्चौथो त्रैमासिक बित्तीय विवरण प्रकाशित गर्दा उनीहरुको हालत के होला भन्ने चासो बैंकिङ क्षेत्रका धितोपत्रहरुमा लगानी गरेकाहरुमा हुनु स्वभाविक मान्न सकिन्छ । हेरौं “रियलस्टेट” क्षेत्रमा कुन बाणिज्य बैंकको कति लगानीः 

 

बैंकहरुले रियलस्टेट क्षेत्रमा जम्माजम्मी ६१ अर्ब रुपैयाँ प्रत्यक्ष रुपमा लगानी गरेको देखिएको छ । घरजग्गा क्षेत्रमा लगानी गर्नेमा यसअघि नै संकटग्रस्त घोषणा भएको ग्राण्ड बैंक सबैभन्दा अगाडि रहेको देखिन्छ भने सबैभन्दा पछाडि कृषि बिकास बैंक रहेको छ । यसरी हेर्दा रियलस्टेटमा सबैभन्दा कम लगानी गर्ने बैंकहरु अहिले सबैभन्दा सुरक्षित देखिए पनि कर्जा लगानी गरेका सबै बैंकहरुको पर्याप्त धितो रहेको र कर्जा लगानी भन्दा बढी धितोको बीमा गरिएकाले आत्तिईहाल्नु पर्ने अवस्था नरहेको बताइन्छ ।


ठूला अपार्टमेन्टहरुको निर्माणमा लगानी गरेका बैंकहरुले सम्बन्धित आयोजनाले चर्चेको जग्गा धितो राख्नुका साथै पुरै आयोजनाको बीमा गरेको हुनाले स्वदेशी बीमा कम्पनी र पुनर्बिमा कम्पनीबाट प्राप्त हुने क्षतिपुर्ति रकमले जोखिमलाई ह्वात्तै घटाई दिएको अबस्था छ । अपार्टमेन्टको फ्ल्याट खरिद कर्जामा पनि कर्जा प्रबाह भन्दा बढीको बीमा गरिएको अवस्था रहेको बैंकरहरु बताउँछन् । अर्को तर्फ बीमा कम्पनीबाट प्राप्त हुने क्षतिपुर्ति रकम बैंक र ऋणी दुबैको नाममा प्राप्त हुने हुनाले बैंकले त्यो रकम आफ्नो कर्जा असुलीमा सहजै उपयोगमा ल्याउनसक्छ भने बीमाले नधानेको अवस्थामा ऋणीको अन्य जायजेथाबाट असुली गर्ने भन्ने प्रावधान ऋण सम्झौतामै स्पष्ट रुपमा किटान गरिएको हुन्छ ।

ब्यक्तिगत घरहरुको धितोमा प्रबाह भएको कर्जा असुलीमा पनि दीर्घकालीन रुपमा हानी हुने छैन् । गलत मनसायले धितो मुल्याङकन र छलछाम भएको अबस्थामा बाहेक कर्जा प्रबाह गर्दा घरको तुलनामा जग्गाको मूल्य बढी राखिएको हुने हुँदा घर पुर्ण रुपमा ध्वस्त भए पनि जग्गाबाट पनि कर्जा असुली गर्नसक्छ । अर्को तर्फ राष्ट्रिय विपत्तिको कारण बैंकहरुले कर्जा पुनतालिकीकरण गर्न सुविधा पाउने र तत्काल ऋणीले रकम बुझाउन नसक्ने अबस्थामा नबिकरण गर्न समेत सक्ने हुँदा यस आर्थिक बर्षको चौथो त्रैमासमै बैंकहरुले डरलाग्दो घाटाको. सामना गर्न नपर्ने हुनसक्छ । तेस्रो त्रैमाससम्म बैंकहरुले राम्रो कमाई गरेकाले बांकी एक त्रैमासको प्रभावले मात्रै बैंकलाई कति असर पर्ला ? त्यसमा पनि तीस वटा बाणिज्य बैंकहरु मध्ये आधा भन्दा बढीले जम्मा कर्जाको पाँच प्रतिशत भन्दा कम कर्जा रियलस्टेटमा प्रबाह गरेको देखिन्छ ।

 बैंकहरुले रियलस्टेटमा लगानी गरेका सबै कर्जाको धितोमा क्षति पुगेर ध्वस्तै भएको अवस्था पनि छैन । धेरै कर्जा प्रबाह गरेका बैंकहरुका अधिकाँश धितो वापतको सम्पति सुरक्षित, कम क्षति भएका र बस्न मिल्ने खालका भएको बताईन्छ । बिक्री हुन बांकी र निर्माण पुरा नभएका सुधिर बस्नेत लगायतले निर्माण गर्दै गरेका केही ठूला अपारमेन्टहरुको समस्या पहिले देखि नै रहेको हो । त्यसमा होराईजनलगायतका अपार्टमेन्टहरु थपिएका छन् । 

ठुलो विपत्ति आउँदा बैंकिङ क्षेत्रमा पनि प्रभाव पर्नु स्वभाविक हो । अर्थतन्त्रका अंगहरुमा नोक्सान हुँदा त्यसको मार बैंकिङ क्षेत्रले पनि भोग्नुपर्छ । भलै कुनै पनि बाणिज्य बैंकका केन्द्रीय र महत्वपूर्ण कार्यालयहरुमा ठूलो नोक्सानी भएन । कतिपय कर्जाहरुको सावाँ ब्याज समयमा भुक्तान नहुने, ऋणीकै अत्तोपत्तो नहुने लगायतका केही समस्याहरु आउँन सक्छन् । सुरुका केही दिन यही अन्योलले शेयर बजारमा बीमा र बैंकहरुको शेयर मूल्य प्रभावित भए पनि त्यसको दीर्घकालीन प्रभाव पर्ने ठान्नु हतार हुनेछ । 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।