मुक्तिनाथमा आए नयाँ सञ्चालक

Jul 30, 2015 Mero Lagani



मुक्तिनाथ विकास बैंक लिमिटेडले चुडामणी कंडेललाई सञ्चालकमा नियुक्ति गरेको छ । श्रावण १३ गते बसेको सञ्चलक समितिको बैठकले सर्वसाधारण शेयरधनी समुहको तर्फवाट कंडेललाई सञ्चालक नियुक्ति गरेको हो।

बैंकको शेयर स्वामित्व संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत रहेको छ । संस्थापक शेयरधनीको तर्फवाट ४ जना, सर्वसाधारण शेयरधनीको तर्फवाट ३ जना र व्यवसायिक विशेषज्ञ १ जना रहने गरी ८ जनाको सञ्चालक समिति रहने व्यवस्था रहेको छ ।

यस अघि बैंकले धादिङ्ग जिल्लामा केन्द्रीय कार्यालय रहेको सिभिक डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी २०७२ आषाढ ३० गते देखि एकिकृत कारोवार गरी राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कारोवार गरेको छ ।

 

......................................................................................................................................................................

तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।