मुक्तिनाथमा आए नयाँ सञ्चालक

Jul 30, 2015 Mero Lagani



मुक्तिनाथ विकास बैंक लिमिटेडले चुडामणी कंडेललाई सञ्चालकमा नियुक्ति गरेको छ । श्रावण १३ गते बसेको सञ्चलक समितिको बैठकले सर्वसाधारण शेयरधनी समुहको तर्फवाट कंडेललाई सञ्चालक नियुक्ति गरेको हो।

बैंकको शेयर स्वामित्व संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत रहेको छ । संस्थापक शेयरधनीको तर्फवाट ४ जना, सर्वसाधारण शेयरधनीको तर्फवाट ३ जना र व्यवसायिक विशेषज्ञ १ जना रहने गरी ८ जनाको सञ्चालक समिति रहने व्यवस्था रहेको छ ।

यस अघि बैंकले धादिङ्ग जिल्लामा केन्द्रीय कार्यालय रहेको सिभिक डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी २०७२ आषाढ ३० गते देखि एकिकृत कारोवार गरी राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कारोवार गरेको छ ।

 

......................................................................................................................................................................

तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।