Wed, Jul 01, 2026
स्टान्डर्ड चार्टर्ड बैंकका ग्राहकले कतार एयरमा आकर्षक टुट पाउने भएका छन् । कतार एयर र स्टान्डर्ड चार्टर्ड बैंकबीच भएको सम्झौतामा कतार एयरले बैंकका ग्राहकलाई ईकोनोमी क्लासमा यात्रा गर्दा १० र अन्य क्लासमा यात्रा गर्दा ७ प्रतिशत छुट दिने भएको छ ।
कतार एयरले बिश्वभरि यात्रा गर्दा यो सुबिधा दिने समझौतामा उल्लेख गरिएको छ । यस योजनाबाट स्टान्डर्ड चार्टर्डका ग्राहक बृद्धिमा सहयोग पुग्ने र बैंकका ग्राहकले पनि सकेसम्म कतार एयर नै खोज्दा दुबै पक्ष लाभांन्वित हुने बताईएको छ ।
एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।