आइतबारबाट नेपाल स्टक एक्सचेञ्जले लगानीकर्तालाई मार्केट डेफ्थ देखाउने तयारी पुरा गरेको छ । अहिले मार्केट डेफ्थलाई नेप्सेले परिक्षण गरिरहेको छ ।
नेप्सेको धारणा के छ ?
नेप्सेको अहिलेको संरचनामा पनि नेप्सेले धितोपत्र बोर्डको संकेत मात्र पाउने हो भने मार्केट डेफ्थ सेक्सन आफ्नो वेवसाइटमा थप्न सक्छ । यसका लागि नेप्से तयारी अवस्थामा रहेको नेप्सेका महाप्रबन्धक सिताराम थपलिया बताउँछन् । उनी भन्छन्, ‘बजार सुधारका क्रममा यो प्रकृयालाई रोक्न नहुने थियो, तर रोकियो, यो दुखद विषय हो । तर हामी पूर्ण रुपमा तयारी अवस्थामा छौं । धितोपत्र बोर्डबाट यस सम्बन्धमा सकरात्मक खबर आएको खण्डमा हामी त्यसको भोलिपल्टबाट मार्केट डेफ्थ सबैले हेर्न सक्ने बनाउन सक्छौं । हामी बोर्डको निर्णय पर्खिरहेको अवस्था हो ।’
के भन्छ धितो पत्र बोर्ड ?
‘धितोपत्र सम्बन्धी ऐनमा प्रष्ट रुपमा लगानीकर्ताले मार्केट डेफ्थ हेर्न नपाउने भन्ने व्यवस्था छैन । यस कारण लगानीकर्तालाई अहिले कै अवस्थामा सहज रुपमा मार्केट डेफ्थ हेर्न दिनुपर्ने अवस्था छ’ बोर्ड प्रवक्ता निरज गिरी ।
गिरी थप्छन्, ‘ऐनमा भएको व्यवस्थालाई अनेक व्याख्या गरेर लगानीकर्तालाई पछि राखिएको छ । यो गलत हो, यस सम्बन्धमा बोर्डले छिटै निर्णय गर्छ ।’
नेप्से र धितो पत्र बोर्डले कसरी काम गरिरहेका थिए भन्ने सम्बन्धमा गत अशोज ६ गते मेरो लगानीले प्रकाशित गरेको समाचारको अंश हो यो ।
हो यहि रस्साकस्सीका बिच आइतबारबाट लगानीकर्ताले नेपाल स्टक एक्सचेञ्चकै वेवसाइटमा शेयर बिक्रि तथा खरिदको चाप हेर्न पाउने भएका छन् । नेप्सेका निमित्त महाप्रबन्धक सिताराम थपलियाका अनुसार केही दिनदेखि मार्केट डेफ्थको परिक्षण भैरहेको छ ।
‘आइतबारदेखि हामीले हाम्रो वेवसाइटमा मार्केट डेफ्थ देखाउने तयारी पुरा गरेका छौं । यसले शेयर खरिद बिक्रिको चाप बुझ्न र बजारका बारेमा जानकार हुन मद्धत गदैृ लगानीकर्तालाई लाभान्वित बनाउछ भन्ने हाम्रो अपेक्षा छ’ मेरो लगानीसंग कुरा गदैृ थपलियाले भने ।
बजारलाई पारदर्शी बनाउनुका साथै लगानीकर्तालाई सकेसम्म धेरै सूचना प्रदान गर्ने उद्देश्यले नेप्सेले गरेको यो तयारीलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको हो ।
के हो मार्केट डेफ्थ ?
नेपाल स्टक एकस्चेञ्जको कारोबार प्रणालीमा शेयर किनबेच भइरहेका बेला खरिद र बिक्रिका लागि राखिएका शेयरको विवरण नै मार्केट डेफ्थ हो । यसमा शेयर खरिद गर्न बसेका व्क्तिहरुको संख्या, मुल्यगत शेयर संख्या र खरिद बिक्रिका लागि राखिएको जम्मा शेयर संख्या हेर्न सकिन्छ ।
अहिले कस्ले हेर्न सक्छ मार्केट डेफ्थ ?
नेप्सेको कारोबार प्रणालीमा शेयर कारोबार भैरहेका बेला शेयर दलालहरुले मात्र मार्केट डेफ्थ हेर्ने व्यवस्था छ । शेयर दलालहरुको दया पलायो भने मात्रै दलालहरुको कार्यालयमा पुग्ने लगानीकर्ताले मार्केट डेफ्थ हेर्न पाउँछन् । त्यसमा पनि अधिकांस शेयर दलालहरुले शेयर कारोबार भैरहेको कम्प्युटरलाई लगानीकर्ताले नदेख्ने स्थानमा राख्ने भएकाले लगानीकर्ताले मौखिक रुपमा मात्रै मार्केट डेफ्थका सम्बन्धमा जानकारी पाउँछन् ।
मार्केट डेफ्थ हेर्दा लगानीकर्तालाई के फाइदा ?
सर्वप्रथम त मार्केट डेफ्थ हेर्न पाउने बित्तिकै लगानीकर्ता शेयर दलालको अड्डा धाउनुपर्ने बाध्यताबाट मुक्त हुन्छन् । यहि कारण पनि उनीहरु मार्केट डृफ्थ हेर्न पाउनुपर्ने माग गरिरहेका छन् । दलालकोमा जानु नपरे पनि लगानीकर्ताले घरमा बसी बसी शेयर खरिद बिक्रिको अर्डर गर्न सक्छन् ।
बिक्रिमा राखिएका शेयरको संख्या, मुल्य, किन्नका लागि माग गरिएको शेयरको संख्या लगायत विवरण लगानीकर्ताले नेप्सेको वेवसाइटमै सहज रुपमा हेर्न पाउँदा कारोबार पारदर्शी हुनुका साथै लगानीकर्तामा कारोबारको ज्ञान पनि बढ्छ । यसका साथै शेयर किनबेचको निर्णय पनि उनीहरु आफैंले गर्न सक्छन् । अहिले दलालको सुझावका आधारमा अधिकांस लगानीकर्ताले शेयर कारोबार गर्दै आएका छन् । यस्तो सुविधापछि लगानीकर्ता डुब्ने वा नोक्सानीमा पर्ने सम्भावना कम हुन्छ । विश्वका प्राय सबै राष्ट्रका लगानीकर्ताले मार्केट डेप्थ हेर्न पाउँछन् । यसले शेयर बजारलाई बलियो र पारदर्शी बनाउने विश्वास गरिन्छ ।
.....................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।