तिनाउ विकास बैंकले नाफा ३३ प्रतिशतले बढायो

Jan 25, 2016 Mero Lagani



तिनाउ विकास बैंक (TNBL) ले चालु आर्थिक वर्षको दास्रो त्रैमासमा खुद ुनाफा गत वर्षको दास्रो त्रैमासको तुलनामा ३३ प्रतिशतले बढाएको छ । जस अनुसार उसले पुस मसान्तसम्मा २ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको दास्रो त्रैमासमा बैंकले १ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको निक्षेप१ अर्ब ९७ करोड रुपैंयाबाट ४२ प्रतिशतले बढेर २ अर्ब ८० करोड ३८ लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह पनि झण्डै ३० प्रतिशतले वृद्धि भई १ अर्ब ६० करोडबाट २ अर्ब ७ करोड रुपैंया पुगेको छ ।
खुद व्याज आम्दानी ३२ प्रतिशतले वृद्धि गरि ५ करोड ५२ लाख रुपैयाँ पुर्याएको बैंकको जगेडाकोष ४ करोड ९० लाख रुपैयाँको छ । शुन्य दशमलव १५ प्रतिशत निष्कृय कर्जा अनुपात रहेको बैंकको प्रोभिजन ३८ लाख रुपैयाँको रहेको छ ।

दोस्रो त्रैमासमा बैंकका अन्य सुचांकहरु प्रति शेयर आम्दानी वार्षिक २३ रुपैंया ४५ पैसा, मुल्य आम्दानीेको अनुपात १३ दशमलव ०१ प्रतिशत तथा जोखिम युक्त सम्पति ११ दशमलव ६८ प्रतिशत रहेका छन् ।

........................................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




मैले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेको छु: अध्यक्ष ओली

Feb 23, 2026 11:13 AM

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेका छन् । श्रीमती राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८ औँ वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।