शेयरबजारले नयाँ रेकर्ड बनाउँदा बीमा र लघुवित्तमा किन लाग्यो आगो ?

Mar 10, 2016 Mero Lagani



दुई दर्जन बढी कम्पनीको शेयरमूल्य दश प्रतिशतले बढ्यो, नेप्से १३१८ सर्वाधिक उच्च विन्दुमा

सार्वजनिक विदाका कारण तीनदिन बन्द भएर खुलेको विहिबारको शेयरबजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बीमा र लघुवित्त कम्पनीहरुले बजार उचालेपनि नेप्से ११.४९ अंकले बढेर १३१८.०३ अंकमा पुगेको छ ।

२ दर्जन बढी कम्पनीको शेयरमूल्य दश प्रतिशतको हाराहारीमा बढ्दा बजारमा धेरै हिस्सा ओगटेका टेलिकम लगायत कृषि विकास बैंक बाहेक अन्य वाणिज्य बैंकमा भने खासै उत्साह देखिएन् ।

विहिबार नेप्सले १३१८ विन्दु पार गर्दा १२६ कम्पनीको ९७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । वित्त र अन्य समूह बाहेक सबै समूह उल्लेखनीय वृद्धि भएको बजारमा कारोबार रकममा समेत उल्लेखीय रुपमा बढेको छ । अघिल्लो कारोबारको तुलनामा कारोबार रकम झण्डै २० करोड रुपैयाँले बढेको हो ।

यसदिन बीमा समूहमा उच्च उछाल देखिएको छ भने धेरै कमाउनेको सूचीमा पनि विमा कम्पनी धेरै देखिएका छन् । विहिबारको बजारमा एकदर्जन वीमा कम्पनीको शेयरमूल्य दश प्रतिशतका दरले बढेको छ । जलविद्युत, विकास बैंक, होटल र वाणिज्य बैंक समूहमा पनि हरियालि छाएको छ ।

वीमा कम्पनीहरुको पूँजी बढाउने चर्चाले बजार तताएको हो । विहीबार जीवन र निर्जीवन दुबैतर्फका इन्स्योरेन्स कम्पनीको सेयरको भाउ बढेको छ । वीमा कम्पनीहरुको कारोबार रकम र नाफा बढेको वित्तिय विवरणहरु सार्वजनिक भएको बेला उनीहरुले धमाधम  लाभांश वितरणको प्रस्ताव ल्याइरहेकोले पनि वीमातर्फ लगानीकर्ताको आकर्षण बढेको पाइएको छ ।

२६ कम्पनीको शेयरमूल्य दश प्रतिशतको हाराहारीमा बढ्दा तीमध्ये १२ वटा वीमा कम्पनीरहेका छन् । वीमा समूहको सूचक मात्रै १८६ अंकले बढेको छ भने यो समूहको मात्रै ४२ करोड बढीको कारोबार भएको छ ।
नेपाल राष्ट बैंकले लघुवित्त कम्पनीहरुको समेत चुक्तापँजी बढाउने तयारी गरेको खबरहरु सम्प्रेषण भएपछि लगानीकर्ताहरुको ओईरो लघुवित्त कम्पनीमा लागेपछि बजार भाऊ र कारोबार बढेको हो ।

त्यस्तै वाणिज्य बैंक समूहले २३ करोडको कारोबार गर्दा लघुवित्त समावेश विकास बैंक समुहको पनि २१ करोड बढिको कारोबार भएको छ । रेकर्ड माथि रेकर्ड बनाएको बजारमा पोखरा फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।  

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

सवा दश लाख कित्ता साधारण शेयर निष्काशन गर्दे राधी हाइड्रो




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।