हाम्रो विकास बैंकको ‘भिडियो कल’ सुविधा

Oct 06, 2017 merolagani



नुवाकोटकाे बट्टारमा केन्द्रीय कार्यालय रहेको एक जिल्ले हाम्रो विकास बैंकले आफ्ना ग्राहकलाई निशुल्क ‘भिडियो कल’को सुविधा उपलब्ध गराउने भएको छ । बैंकले विदेशमा रहेका आफन्तसँग निःशुल्क ‘भिडियो कल’ गर्न सक्ने सुविधा उपलब्ध गराएको हो ।

हाम्रो विकास बैंकले दुप्चेश्वर गाउँपालिकाको समुद्रटारमा ७ औं र मेघाङ गाउँपालिकाको देउरालीमा ८ औंं शाखा सञ्चालनमा ल्याएसँगै यो सुविधा उपलब्ध गराएको हो ।

नुवाकोटबाट बैदेशिक रोजगारमा जाने युवाहरूको संख्या धेरै भए पनि सहज इन्टरनेटको सहज पहुँचको व्यवस्था नहुँदा आफन्तहरुसँग धेरै परिवार अझैपनि भिडियो कल सेवाको पहुँच बाहिर रहेका छन् । यसै अवस्थालाई सम्बोधन गर्न बैंकले सेवाग्राहीलाई विदेशमा रहेका आफन्तसँग निःशुल्क भिडियो कल सुविधा सञ्चालनमा ल्याएको हो ।

दुई गाउँपालिकामा शाखा विस्तार गरेसँगै ग्रामीण जनताको आर्थिक स्तरको विकास र सर्वसाधारण जनताको बैंकमा पहुँच अभिवृद्धि हुने बैंकले जनाएको छ ।

दुई सय प्रतिशत हकप्रद विक्री गरेको बैंकको पूँजी भने हकप्रद जारीपछि राष्ट्र बैंकले तोके बमोजिम ५० करोड रुपैयाँ पुगिसकेको छ । बैंकले गत आवमा एक अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन तथा अर्ब २० करोड रुपैयाँ कर्जा परिचालनबाट रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यसअघि बैंकका केन्द्रिय कार्यालय बट्टार, त्रिशूली, छहरे, रातमाटे, रानीपौवामा शाखा कार्यालय तथा सामरी एक्स्टेन्सन काउण्टरबाट ग्राहकमा बित्तिय सेवा प्रदान गर्दै आएको थियो ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।