राष्ट्रिय बीमा कम्पनी र फर्स्ट माईक्रोफाइनान्सको बोनस सूचीकृत

Dec 04, 2017 Merolagani



नेपाल स्टक एकसचेञ्जमा राष्ट्रिय बीमा कम्पनी र फस्र्ट माईक्रोफाइनान्सले सोमबार बोनस सेयर सूचीकरण गराएका छन् । दुबै कम्पनीको गरि कुल २० लाख १७ हजार १२० कित्ता सेयर सूचीकृत भएको हो ।

राष्ट्रिय बीमा कम्पनीले गत बैशाखमा तीन आर्थिक बर्षको वितरण गरेको करिब ११५ प्रतिशत बोनस बराबरको १४ लाख २१ हजार ९९५ दशमलव ५९ कित्ता बोनस सूचीकृत गराएको हो । 

बोनसपछि बीमा कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

लामो समय लेखापरिक्षण गर्न नसकेको कम्पनीले आर्थिक वर्ष २०६३/०६४ र २०६४/०६५ तथा २०६५/०६६ सम्मको लेखा परीक्षण सकिएर बीमा समितिबाट स्वीकृत भैसकेको र थप २ आर्थिक वर्षहरु २०६६/०६७ र २०६७/०६८ सम्मको लेखापरीक्षण भैरहेको कम्पनीले जनाएकाे छ । 

बीमा कम्पनीले संस्थापक र सर्वसाधारणको हिस्सा ७० अनुपात ३० कायम गर्नका लागि थप नयाँ सेयर (एफपीओ) समेत निष्काशन गर्ने तयारी समेत थालेकाे छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

उता फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक बर्ष २०७३/७४ को नाफाबाटवितरण गरेकाे १५ प्रतिशत बराबरको पाँच लाख ९५ हजार १२५ कित्ता बोनस सेयर सूचीकृत गराएको हो । लघुवित्तको असोज ८ गते सम्पन्न आठौं बार्षिक साधारण सभाले  सो बोनस पारित गरेको थियो ।

साधारण सभाले बोनसपछि कायम भएको लघुवित्तको पूँजी ६८ करोड ४३ लाख ९३ हजार रुपैयाँको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत अनुमोदन गरेको थियो ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।