
प्रतियोगिताबारे जानकारी दिन आईतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कार कुदाउने प्रतियोगितामा भाग लिन डिसेम्बर २४ सम्ममा प्रति जोडीले पाँच हजार र कम्पनीले सहभागिता जनाउँदा १० हजार रुपैयाँ शुल्कसहित आबेदन गर्नुपर्ने जानकारी दिईएको छ । विजेताहरुले अन्र्तरािष्ट्रय अटो जिमखानाहरुमा सहभागिता जनाउन पाउने छन् ।
प्रतियोगितामा सहभागी हुन चाहनेसँग भक्स वागन वा सो ब्राण्डको कारकै बिशेषता र क्षमता भएका अरु कम्पनीका कार हुनु अनिबार्य भएको आयोजकहरुले बताएका छन् । प्रतियोगिताको ब्यवस्थापन राष्ट्रिय खेलकुद परिषदसँगको समन्वयमा अटो स्पोर्टससम्बन्धी संस्थाहरु र भुमि एड्भरटाईजिड।ले गर्ने भएका छन् ।