स्मार्ट टेलिकमको स्मार्ट सेन्टर पोखरामा पनि

Apr 30, 2018 Merolagani



स्मार्ट टेलिकमले बैशाख १७ गते पोखरा न्युरोडको अरविन्दु कमप्लेक्समा स्मार्ट सेलको स्मार्ट सेन्टर स्थापना गरेको छ । नेपालीलाई सूचना तथा सञ्चारको सहज तथा गुणस्तरीय सेवा प्रदान गर्ने उदेश्यले स्मार्ट सेल सेन्टरको स्थापना गरेको कम्पनीले जनाएको छ ।

सोमबार टेलिकम कम्पनीका सि.सि.ओ राजीब कुमारले स्मार्ट सेलको उद्घाटन गरेका छन् । यस सेन्टरले पोखराका ग्राहकहरुलाई सहज रुपमा सेवा उपलब्ध गर्ने विश्वास कम्पनीको छ । 

यस कम्पनिले बिस्तारै देशका साना ठूला मूख्य सहरहरुमा पनि आफ्नो सेवा विस्तार गर्दै जाने जनाएको छ । नेपालको तेश्रो ठूलो टेलिकम्युनिकेशन कम्पनीले काठमाडौं, ललितपुर, भक्तपुर पोखरामा टेलिकमले फोर जि सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

अनौपचारिक रूपमा पोखरामा विगत तीन महिनादेखि यसको सेवा प्रयोगमा आएको स्मार्टका हालसम्म पोखरा क्षेत्रमा करिब २८ हजार मात्र उपभोक्ता रहेको छन् । पोखरा क्षेत्रमा कम्पनीले ३३ वटा टावर स्थापना गरेको छ ।

स्मार्ट सेलकै लागि स्मार्टबाट फोन गर्दा ९७ रुपैयाँमा एक महिनासम्म अनलिमिटेड सेवा लिन सकिन्छ ।स्मार्टले फोरजी सेवामा नेपालमा अहिलेसम्म उपलब्ध सबैभन्दा दु्रत गतिको मोबाइल इन्टरनेट उपलब्ध गराउने कम्पनीले दाबी गरेको छ ।

सन् २०१३ मा युनिफाइड अनुमति पाएको स्मार्ट सेलले सन् २००८ मा पश्चिमाञ्चलबाट जीएसएम सेवा प्रारम्भ गरेको थियो। स्मार्ट सेलमा एक सेकेन्डको एक पैसामात्रै शुल्क लाग्ने कम्पनीले जानकारी दिएको छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।