मार्जिन ट्रेडिङ आम लगानीकर्ताको पहुँचमा पुग्ला कि नपुग्ला ? - श्रृङखला २

May 27, 2018 Merolagani



मार्जिन ट्रेडिङ सुरु गर्ने तयारी तिब्र बन्दै गर्दा आम लगानीकर्ता यसको प्रारुप जान्न खोजिरहेका छन् । धितोपत्र बोर्डको अनुमति लिएर नेपाल स्टक एक्स्चेञ्जमा नवीकरण भएका सेयर दलाल व्यवसायी मार्फत प्रवाह हुने मार्जिन कर्जा कस्ता लगानीकर्ताले पाउलान् भन्ने बहस पनि उत्तिकै चलिरहेको छ ।

सेयर दलालले लगानीकर्तालाई आफ्नाेमा मात्र सेयर कारोबार गर्न सक्ने अवस्थामा सेयर खरिद गर्न दिने ऋणमा थप सेयर किन्न पाउनु मार्जिन कारोबार हो भन्ने बुझ्न जरुरी छ । अर्थात सेयर खरिद गर्न पर्याप्त रकम नभएको खण्डमा लगानीकर्ताले सेयर खरिद गर्दा आफुसंग भएको रकमले किनेको सेयर वा आफुसँग भएको रकमको निश्चित प्रतिशत बराबरको थप रकम सेयर दलालबाट ऋण स्वरुप पाउँछन् । आफुसँग भएको र दलालबाट व्याजमा उपलब्ध हुने पैसाले सोही ब्रोकरबाट सेयर खरिद गर्न सक्ने व्यवस्था मार्जिन कारोबार हो ।

यसरी सेयर किन्दा तोकिएको मापदण्ड पुरा भएका कम्पनीको मात्र सेयर किन्न पाइन्छ । पहिले नै सेयर किनिसकेको हकमा मापदण्ड पुरा भएका सेयर वापत मात्र थप सेयर किन्न दलालले मार्जिन उपलब्ध गराउने छन् । यसरी किनिने सेयर अरु दलालकोबाट बिक्री गर्न मिल्दैन । यदि अन्यत्रबाट सेयर बिक्री गर्न चाहेको खण्डमा उक्त सेयर किन्दा पहिलो दलालबाट लिइएको ऋण चुक्ता गरी सेयर फुकुवा गराउनु पर्ने हुन्छ ।

अहिले अधिकांस दलाल व्यवसायीले ५ करोड रुपैंयाको ओभरड्राफ्ट बैंकहरुबाट लिइरहेका छन् । यो रकमलाई सेयर दलाल नजिक रहेर कारोबार गरिरहेका केही लगानीकर्ताले भरपुर सदुपयोग गरिरहेका छन् । यस अर्थमा उनीहरुले मार्जिन कारोबार सेवाको सबैभन्दा धेरै प्रयोग गर्न सक्ने अवस्था रहन्छ ।

पहिलो कुरा कतिपय दलाल व्यवसायी मार्जिन कारोबार सेवा दिन सक्षम हुन्छन् भन्ने हो । जसले मार्जिन कारोबारका लागि तोकिएको मापदण्ड पुरा गर्न सक्दैन, त्यहाँबाट सेयर कारोबार गरिरहेका लगानीकर्तामा मार्जिन कर्जा सेवा लिन नसक्ने अवस्था आउन सक्छ ।

अर्कातिर मार्जिन कारोबार सुविधाबाट सेयर किनिने कम्पनीहरु पनि यसको मापदण्ड भित्र पर्नु पर्छ । मापदण्ड पुरा नभएका कम्पनीको सेयरमा लगानीकर्ताले मार्जिन कारोबार सुविधा पाउने छैनन् । अर्थात, फलानो कम्पनीले यति हकप्रद, बोनस वा अरु केही गर्दैछ भन्ने हल्लाका भरमा त्यो कम्पनीको सेयर मार्जिनमा किन्न पाइन्छ भन्ने हैन ।

मापदण्ड पुरा गरेका सिमित दलाल व्यवसायी, सिमित सूचीकृत कम्पनीमार्फत सिमित रुपमा प्रवाह हुने मार्जिन कर्जामा ठूला लगानीकर्ताको हावी नहोला  भन्न सकिन्न । मापदण्ड अनुसार ठूला लगानीकर्ताले दलालहरुबाट सीमासम्मको मार्जिन सेवा लिन सक्छन् । मापदण्डलाई आधार मान्ने हो भने रकम जतिसुकै भए पनि एउटा दलालको मार्जिन सीमाको १० प्रतिशत हिस्सा एउटै लगानीकर्ताले सदुपयोग गर्न पाउँछ । एउटा दलाल व्यवसायीकोबाट ११ जनाले सीमासम्मको सेवा लिए भने अरु लगानीकर्ता यो सेवाबाट बञ्चित हुनेछन् ।

यसको तात्पर्य यो हो कि, पहुँचको अभावले आम लगानीकर्ताले मार्जिन सेवा नपाउन सक्छन् ।अहिले सेयर दलालहरुको नेटवर्थ ११ करोडभन्दा माथि छैन । २२ करोडसम्मको मार्जिन दिने क्रममा त्यस्ता दलालबाट एकै जनाले २ करोडको मार्जिन सेवा लिन सक्छन् । अाैसतमा यस्ता लगानीकर्ता बजारमा १ सय जना मात्र भएको खण्डमा २० वटा दलालबाट अरु सेवाग्राहीले मार्जिनमा सेयर किन्न नसक्ने अवस्था रहन्छ । दोर्याएर फरक दलालबाट एकै लगानीकर्ताले करोडौंको मार्जिन कारोबार गरेमा यो संख्या अझै घट्छ ।

त्यसै गरी एउटा कम्पनीकाे सेयरमा पनि सेयर दलालले एक जनालाई दिने सीमाबराबरको मात्र मार्जिन कर्जा उपलब्ध हुन्छ । सेयर दलाले अाफ्नाे मार्जिन क्षमताकाे १० प्रतिशत रकम मात्र कुनै एउटा कम्पनीकाे शेयरमा मार्जिन कर्जा दिन सक्छन । याे अवस्थामा एक दुई जनाले कुनै एउटा कम्पनीको सेयर किन्दा एक जनाको सीमा बराबर लगानी गरेभने अरु लगानीकर्ताले त्यो कम्पनीको सेयरमा मार्जिन कर्जा पाउने छैनन् ।

अहिलेको अवस्थालाई हेर्ने हो भने डेढ दर्जन हारहारी सेयर दलालले मात्र मार्जिन सेवा दिन सक्छन् । त्यस्तै मार्जिनको मापदण्ड पुरा गर्ने कम्पनीको संख्या पनि ३ दर्जन हाराहारीमा मात्र हुने देखिन्छ । उल्लेखित दायरमा ठूला लगानीकर्ताको उपस्थिती बलियो हुँदा आम लगानीकर्ता  मार्जिन सेवाबाट बञ्चित हुने अवस्था रहन सक्छ । यस्ताे अवस्थामा लगानीकर्ताले मार्जिन काराेवारमा पारदर्शिताको आवाज उठाउनु पर्ने हुनसक्छ । जसले बजारलाई स्वच्छ बनाउन महत्वपुर्ण भूमिका निर्वाह गर्न सकोस् ।

अर्कातिर कर्जाको भार थेग्न नसक्ने लगानीकर्ताहरुले मार्जिन कारोबार सेवा लिने समयमा ध्यान दिनु पर्छ । उचालिएर सेयर किन्न जानु हुँदैन । आफुले मार्जिन सेवा लिँदा लाग्ने सेवा शुल्क तथा व्याज खर्च बराबरको प्रतिफल खरिद गरेको सेयरले दिन्छ कि दिँदैन भन्ने निक्र्यौल गर्नु पर्ने हुन्छ । मार्जिनको व्याज तिर्न नसक्ने अवस्था अाँउदा बजारमा आफ्नो कम्पनीको सेयरमूल्य घट्याे भने लगानीकर्ताले ठुलो नोक्सानी व्यहोर्नु पर्ने हुन्छ ।

...[ब्राेकर मार्फत प्रवाह हुने मार्जिन कारोबारमा अन्यौलता किन ? - श्रृङखला १]...




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।