राधी विद्युतको नाफा घट्यो, गत बर्षको कमाई चार करोड ९८ लाख

Aug 09, 2018 Merolagani

राधी विद्युत कम्पनी(RADHI) ले नाफा ४० लाख रुपैयाँले घटेको छ । अघिल्लो आर्थिक वर्षमा चौथाे त्रैमासमा ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत आर्थिक वर्षको यसै अवधिमा ४ करोड ९८ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको विवरण सार्वजनिक गरेको छ ।

चूक्ता पुँजी ४५ करोड १० लाख ४ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोष तथा संचित नाफामा ९ करोड ४० लाख रुपैयाँ छुट्टाएको छ ।

कम्पनीले विद्युत बिक्रिवाट १३ करोड ७६ लाख र अन्य स्रोतवाट १ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै संचालन खर्च २ करोड १६ लाख, प्रशासनिक खर्च १ करोड ४९ लाख, ह्रासकट्टिका लागि २ करोड १ लाख, ब्याज खर्च ३ करोड ९९ लाख र प्रस्तावित कर्मचारी बोनसका लागि १० लाख ६४ हजार रुपैयाँ गरी कुल ९ करोड ७८ लाख रुपैयाँ खर्च भएको कम्पनीले प्रतिबेदनमा उल्लेख गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ११.०५ रुपैयाँ, प्रति शेयर नेटवर्थ १२०.८६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९.९१ गुणा रहेको छ ।

नेपाल विद्युत प्रधिकरणको ३३ के.भी प्रसारण लाइनमा आइराख्ने समस्याका कारणवाट विद्युत बिक्री घट्न गएको र खोलामा पानीको प्रवाह घट्दा त्यसको असर विद्युत उत्पादनमा परेको कम्पनीले जनाएको छ ।

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।