हकप्रदको भार बोकाउन लागेको एचआईडिसिएल बैंकमा पैसा थुर्पादै कमाउँदै

Aug 16, 2018 Merolagani

१४ अर्ब ५२ करोड नगद, एक अर्ब ३८ करोड लगानी
जलविद्युत लगानी तथा विकास कम्पनी (HIDCL)  ले जलविद्युत आयोजनाहरुमा लगानी भन्दा बैंकमा पैसा थुपारेर आम्दानी बढाएको छ । कम्पनीले गत आर्थिक बर्षमा ८३ करोड ३ लाख रुपैयाँ नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो नाफा अघिल्लो बर्षको तुलनामा ६९ प्रतिशत बढी हो ।

अघिल्लो बर्षको यसै अवधिमा कम्पनीले ४९ करोड ९ लाख रुपैयाँ नाफा गरेको थियो। बैंकमा राखेको निक्षेप रकम र कर्जा प्रबाहको ब्याज आम्दानी बढेपछि कम्पनीको नाफा बढेको हो ।

जलविद्युत कम्पनीमा लगानी गर्न स्थापना भएको यस कम्पनीमा १४ अर्ब ५२ करोड रुपैयाँ नगद बैंकमा थुपारेको छ भने आयोजनाहरुमा एक अर्ब ३८ करोड लगानी गरेको छ ।

लगानी भन्दा ब्याज रकमबाट कमाउन ध्याउन्नमा देखिएको कम्पनीको एक बर्षको अवधिमा बैंक मौज्दात मात्रै ४ अर्ब ५९ करोडले बढेको छ । अघिल्लो बर्षको कम्पनीको बैंक मौज्दात ९ अर्ब ९२ करोड थियो ।

बैंकमा रकम जम्मा गरेर मात्रै कम्पनीले एक अर्ब १७ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । त्यस्तै अन्य क्षेत्रमा गरेको लगानीबाट ११ करोड ७१ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ ।

कम्पनीले गतबर्ष ब्याज आम्दानी तथा अन्य विभिन्न शिर्षकमा गरेको कमााईबाट एक अर्ब ३२ करोड कुल आम्दानी गरेको छ । कम्पनीको संचालन खर्च ५ करोड ५८ लाख छ ।

अहिलेसम्म कम्पनीले विभिन्न आयोजनामा एक अर्ब ३८ करोड रुपैयाँ लगानी गरेको छ । जसले कावेली इनर्जीमा ७८ करोड ५४ लाख रुपैयाँ लगानीे छ।

कम्पनीलाई जलविद्युत आयोजनामा लगानी बढाउने भन्दा बैंकमा बचत गरेर नाफा कमाउने आरोप लाग्दै आएको छ ।

बैंक ब्याजमा रमाएको कम्पनीले लगानीकर्तालाई हकप्रदको भार बोकाउँदै

कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ छ भने जगेडा कोषमा एक अर्ब ३२ करोड रुपैयाँ राखेको छ । कम्पनीले एक बराबर एक अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ । जसका लागि सरकारको तर्फबाट ५ अर्ब प्राप्त भईसकेको पनि कम्पनीले जनाएको छ ।

अब कम्पनीले सरकार बाहेक अन्य लगानीकर्तालाई शतप्रतिशत हकप्रद बेचेर थप ५ अर्ब जुटाउने तयारीमा छ । कम्पनीको प्रस्ताव अनुसार सर्वसाधरण लगानीकर्ताले मात्रै दुई अर्ब रुपैयाँ थप लगानी गर्नुपर्नेछ । हकप्रदपछि कम्पनीको चुक्तापूँजी २० अर्ब रुपैयाँ पुग्नेछ ।

कम्पनीले अघिल्लो आर्थिक बर्षमा सेयरधनीहरुलाई पाँच प्रतिशतका दरले ५० करोड रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । यो कम्पनीमा लगानी गरेका लगानीकर्ताले उचित प्रतिफल नपाएको अवस्थामा थप हकप्रदको भार बोकाउने प्रस्ताव कम्पनीले गरेको छ ।

जलविद्युत आयोजनाहरुमा लगानी गर्ने लक्ष्यका साथ स्थापित कम्पनीमा सञ्चय कोष, राष्ट्रिय बीमा संस्थान, नागरिक लगानी कोष लगायतका सरकारी निकायको ८० प्रतिशत तथा सर्वसाधारण्को २० प्रतिशत शेयर स्वामित्व रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३० पैसा र प्रति सेयर नेटवर्थ एक सय १३ रुपैयाँ छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।