नेशनल हाइड्रोले देखायो झिनो सुधार, समस्या उस्तै

Feb 04, 2019 Merolagani



विवादास्पद जलविद्युत कम्पनी नेशनल हाइड्रोले चालु आर्थिक वर्षको पहिलो त्रैमासदेखि सुरु गरेको खुद नाफा कमाउने क्रमलाई यस पटक निरन्तरता दिएको छ । यद्यपी कम्पनीको जगेडा कोष करोडौं रुपैंयाले नोक्सानीमा नै रहेका कारण आशावादी बन्ने ठाउँ भने छैन ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले १ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो आम्दानी कम्पनीको दोस्रो त्रैमासको मात्र हो । उक्त खुद नाफालाई कम्पनीले ऋणत्मक जगेडामा समायोजन गरी घटाएको छ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड ७ लाख २८ हजार रुपैंया खुद नाफा गरेको थियो । गत आर्थिक वर्षको पुस मसान्तमा कम्पनी ९७ लाख २१ हजार रुपैयाँ नोक्सानीमा थियो ।

कम्पनीले यस अवधिमा विद्युत बिक्रीबाट ५ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको तुलनामा १४ लाख भन्दा बढीले विद्युत बिक्रीवाट हुने आम्दानी घटेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा विद्युत बिक्रीबाट कम्पनीले ५ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

१ वर्षको समीक्षा अवधिमा कम्पनीको प्रत्यक्ष खर्चको आकार बढेको छ भने प्रशासनिक खर्चको आकार घटेको छ । गत आर्थिक वर्षमा ट्याक्स पेड अगेन्स डिमाण्ड शिर्षकमा २ करोड ५८ लाख ५५ हजार रुपैंया खर्चिएका कारण नोक्सानमा रहेको कम्पनीले यस आर्थिक वर्षको दोस्रो त्रैमासमा त्यस्तो शिर्षकको खर्च देखाएको छैन । जसका कारण कम्पनी नाफामा गएको देखिएको हो ।

१ अर्ब ३८ करोड ५९ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोष ४१ करोड ४९ लाख रुपैयाँले ऋणात्मक छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको जगेडा कोष ४२ करोड ८९ लाख रुपैंयाले ऋणत्मक थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफालाई समायोजन गरेर कम्पनीले जगेडा कोषको ऋणत्मक आकारलाई घटाएको हो । यहि गतिमा कम्पनी अघि बढेको अवस्थामा पनि जगेडा कोष धनात्मक हुनका लागि दशकभन्दा बढी समय लाग्ने देखिन्छ ।

वित्तीय विबरणमा कम्पनीले प्रति शेयर आम्दानी ४ रुपैयाँ ०४ पैसा, प्रति शेयर नेटवर्थ ७० रुपैयाँ ०६ पैसा र मुल्य आम्दानी अनुपात १७.५६ गुणा बढी रहेको देखाएको छ । तर वित्तीय विबरणमा उल्लेख भएको कुन रकमका आधारमा प्रतिशेयर आम्दानी गणना भएको भन्ने प्रष्ट नभएकाले लगानीकर्ता अन्यौलमा परेका छन् ।

प्रत्यक्ष नियमनकारी निकाय नभएको अवस्थामा कम्पनीले निष्काशन गरेको वित्तीय विबरणमा पनि एकरुपता छैन । जसका कारण कतिपय सूचकहरु फरक फरक शैलीमा पस्किँदा ती सूचकलाई आधार मान्ने अवस्था पनि देखिन्न ।

अर्कातिर कम्पनीमा विभिन्न प्षका बिचमा फरक फरक किसिमका मुद्धाहरु चलिरहेका छन् । अदालतमा बिचाराधिन अवस्थामा मुद्धा रहिरहेको अवस्थामा कम्पनी कुन बाटोमा अघि बढ्ला भन्ने चासो सबैमा रहे पनि आकर्षण बन्न सकिरहेको छैन ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।