५१ जनाकाे ज्यान जाने गरि भएकाे युएस बंगला विमान दुर्घटनाको सीसी टीभी फुटेज सार्वजनिक (भिडियाे)

Apr 01, 2019 Merolagani



नवीन ढुंगाना । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गत वर्ष भएको युएस बंगला विमान दुर्घटनाको सीसी टीभि फुटेज सार्वजनिक भएको छ । २०७४ फागुन २८ गते बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आउँदै गरेको युएस बंगला अएरको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग नजिक घाँसे मैदानमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा ५१ जनाले ज्यान गुमाएका थिए । उक्त दुर्घटनाबारे धेरै पूर्वाअनुमान र स्केच गरिए पनि खास भएको के थियो भनेर अहिलेसम्म कुनै दृश्य सार्वजनिक भएको थिएन ।

विमानका पाइलट र एयर ट्राफिक कन्ट्रोलरबीच भएको सम्बाद दुर्घटना लगत्तै बाहिरीए पनि विमानस्थल प्रसाशनको कडा सुरक्षा नियन्त्रणमा रहने सीसी टीभी फुटेज यस अघि सार्वजनिक भएको थिएन । विमानस्थलबाट अनाधिकृत रुपमा बाहिरीएको उक्त सीसी टिभी फुटेज मेरोलगानीले फेला पारेकाे छ । 

कसरी भएकाे थियाे दुर्घटना भिडियाे हेर्नुहाेस्

 




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।