ठमेलका ब्यापारीलाई कर तिर्न राजश्व कार्यालयको ताकेता

Apr 10, 2019 Merolagani



आन्तरिक राजश्व कार्यालय ठमेलले तोकिएको समयमा कर नतिर्ने त्यस क्षेत्रका व्यापारीलाई १५ दिने अल्टिमेटम जारी गरेको छ । बुधबार एक सूचना जारी गर्दै कार्यालयले १५ दिन भित्र राजश्व दाखिला नगरे कानून बमोजिम कारवाही गरेर बाँकी बक्यौता कर उठाइने उल्लेख छ ।

ठमेल क्षेत्रमा ब्यापार व्यवसाय गर्दै आएका ब्यापारीले आयकर र मूल्य अभिवृद्धि कर तिर्न आनाकानी गरे पछि सूचना जारि गरिएको कार्यालयद्धारा जारि सूचनामा भनिएकाे छ । कर उठाउनका लागि गरेको पटक पटकको ताकेता व्यापारीहरूले नमानेको कर कार्यालयले जनाएको छ ।




नेप्सेमा भाँडभैलो, नवनियुक्त अध्यक्षमाथि नेप्सेका कर्मचारीको अमर्यादित व्यवहार

Sep 23, 2025 01:48 PM

नेपाल स्टक एक्सचेन्ज एक्सचेन्ज(नेप्से)का कर्मचारीले मङ्गलवार भाँड भैलो गरेका छन्। नव नियुक्त नेप्सेका अध्यक्ष हेमन्त बस्यालको राजीनामा माग गर्दै भाड भैलो गरिरहेका हुन्।