Tue, Aug 18, 2026
आन्तरिक राजश्व कार्यालय ठमेलले तोकिएको समयमा कर नतिर्ने त्यस क्षेत्रका व्यापारीलाई १५ दिने अल्टिमेटम जारी गरेको छ । बुधबार एक सूचना जारी गर्दै कार्यालयले १५ दिन भित्र राजश्व दाखिला नगरे कानून बमोजिम कारवाही गरेर बाँकी बक्यौता कर उठाइने उल्लेख छ ।
ठमेल क्षेत्रमा ब्यापार व्यवसाय गर्दै आएका ब्यापारीले आयकर र मूल्य अभिवृद्धि कर तिर्न आनाकानी गरे पछि सूचना जारि गरिएको कार्यालयद्धारा जारि सूचनामा भनिएकाे छ । कर उठाउनका लागि गरेको पटक पटकको ताकेता व्यापारीहरूले नमानेको कर कार्यालयले जनाएको छ ।
हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।