धेरै कर तिर्ने १५ करदाता सम्मानित, सबैभन्दा धेरै तिर्ने सूर्य नेपाल

Nov 17, 2019 06:04 PM RSS



करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले आन्तरिक राजस्व विभागले उत्कृष्ट १५ करदातालाई सम्मान गरेको छ । आठौँ राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले विभिन्न विधामा बढी कर तिर्ने करदाताहरुलाई सम्मान गरेका हुन् ।

बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रा लि सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा सम्मानित भएको छ । यसअघि पनि तीन पटकसम्म सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने कम्पनीको सूचीमा थियो । व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा सिद्धार्थशमशेर जबरा सम्मानित भए । सबैभन्दा बढी आयकर तिर्ने करदाताका रुपमा उनी यसअघि पाँचपटक सम्मानित भइसकेका छन् ।

यस्तै डाबर नेपाल, जगदम्बा स्टिल, अन्नपूर्ण एग्रो छिमेकी लघुवित्त बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल लाइफ इन्स्योरेन्स, मणिपाल मेडिकल कलेज, वल्ड लिङ्क र अग्नि इन्कर्पोरेटले आ–आफ्नो विधामा बढी कर तिर्नेको सूचीमा परेर सम्मानीत भएको छ ।

तारागाउँ रिजेन्सी (हायत) होटल र मध्यमस्तरीय करदाताको तर्फबाट कामना सेवा विकास बैंक, आन्तरिक राजस्वको कार्यालयको कार्यक्षेत्रमा रही धेरै आयकर तिर्नेमा भिएस सर्भिसेस मोरिसस प्रालि सम्मानित भएको छ ।

समयमै कर बुझाउने तथा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तर्नेमा भने घोराही सिमेन्ट सम्मानित भएको छ । यसपटक सम्मान प्राप्त गर्नेमध्ये सूर्य नेपाल, सिद्धार्थ शमशेर जबरा, घोराही सिमेन्ट, ताराजागउँ रिजेन्सी, छिमेकी लघुवित्त, डाबर नेपाल भने दोहोरिए ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।