पूँजीबजार विस्तारका लागि सामुहिक लगानी कोष र भेन्चर क्यापिटल

May 03, 2019 Merolagani



सरकारले पूँजी बजारको विकास र विस्तारका लागि सामुहिक लगानी कोष तथा भेन्चर क्यापिटल संचालन गर्ने घोषणा गरेको छ । 

सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो जानकारी गराउनु भएको हो ।

छरिएर रहेको रकमलाई एकिकृत गर्न सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा सामुहिक लगानी कोष र भेन्चर क्यापिटलको स्थापना गरी पूँजी बजारमा विस्तार गर्ने घोषणा गरेको हो ।

त्यस्तै सरकारी तथा निजी क्षेत्रबाट प्रवाह हुने सबै सेवा तथा कारोबार विद्युतीय माध्यमबाट गरिने भएको छ । विद्युतीय भुक्तानी र हस्ताक्षर कार्यान्वयनमा ल्याई विद्युतीय कारोबारलाई सुरक्षित र विश्वसनिय बनाउने नीति सरकारले अघि सारेको छ ।

 

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।