पूँजीबजार विस्तारका लागि सामुहिक लगानी कोष र भेन्चर क्यापिटल

May 03, 2019 Merolagani



सरकारले पूँजी बजारको विकास र विस्तारका लागि सामुहिक लगानी कोष तथा भेन्चर क्यापिटल संचालन गर्ने घोषणा गरेको छ । 

सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो जानकारी गराउनु भएको हो ।

छरिएर रहेको रकमलाई एकिकृत गर्न सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा सामुहिक लगानी कोष र भेन्चर क्यापिटलको स्थापना गरी पूँजी बजारमा विस्तार गर्ने घोषणा गरेको हो ।

त्यस्तै सरकारी तथा निजी क्षेत्रबाट प्रवाह हुने सबै सेवा तथा कारोबार विद्युतीय माध्यमबाट गरिने भएको छ । विद्युतीय भुक्तानी र हस्ताक्षर कार्यान्वयनमा ल्याई विद्युतीय कारोबारलाई सुरक्षित र विश्वसनिय बनाउने नीति सरकारले अघि सारेको छ ।

 

 




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।