बुधबार हिमालयन डिष्टिलरीको मात्रै १९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भयो भने नेपाल बैंकको पनि ४ करोड रुपैयाँ भन्दा बढिको शेयर किनबेच भयो ।
त्यसैगरी प्रभु बैंक र आइएमई जनरल इन्स्योरेन्सको संस्थापक शेयरको २ करोड रुपैयाँभन्दा बढिको शेयर कारोबार हुँदा प्रिमियर इन्स्योरेन्स, सानिमा बैंक, र शिवम सिमेन्टस्को पनि १ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भयो ।
बुधबार कारोबारमा आएका १२ उप समुह मध्ये ४ वटा उपसमुह सकारात्मक देखिए भने अन्य ८ वटा उपसमुह नकारात्मक देखिएका छन । सो दिन हाइड्रोपावर उपसमुहको सुचक सबभन्दा धेरै ०.४८ प्रतिशतले तल झर्यो ।
बुधबार नेपाल एग्रो लघुवित्तको शेयरको अत्याधिक माग हुदा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । सो दिन लघुवित्तको शेयर मूल्य झण्डै १० प्रतिशत अर्थात ४२ रुपैयाँले बढेर ४६४ रुपैयाँपुगेको छ ।
त्यसैगरी आइएमई जनरल इन्स्योरेन्स र पाँचथर पावर कम्पनीको शेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले बढ्यो भने स्वाबलम्बन लघुवित्त, अरुण कावेली र कालिका पावर कम्पनीको शेयर मूल्य पनि ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यस दिन गुँरास लघुवित्तको शेयरमुल्य सबैभन्दा धेरै ६ प्रतिशत अर्थात २८ रुपैयाँले घटेको छ । त्यस्तै आशा लघुवित्तको शेयर मूल्य ४ प्रतिशतले तल झर्यो छ भने सिद्धार्थ इन्स्योरेन्सको शेयर मूल्य पनि ३ प्रतिशतले तल झरेको छ । सो दिन अन्य ७ वटा कम्पनीको शेयर मूल्य २ प्रतिशतभन्दा बढिले घटेको छ ।
बुधबार कारोबारमा आएका धेरैजसो कम्पनीहको शेयर मूल्य घट्दा नेप्से परिसूचक २.७८ अंकले घटेर १२५८.२९ विन्दुमा कायम रह्यो ।