आर्थिक वर्ष सकिनै लाग्दा बैंकहरुले कर्जा दिन छाडे, निक्षेपमा भने सुधार

Jun 26, 2019 05:33 PM merolagani


चालु आर्थिक वर्षको अन्तिम महिना असार लागेयता वाणिज्य बैंकहरुले कर्जा विस्तार प्राय ठप्प पारेका छन् । बैंकहरुमा निक्षेप थपिने क्रमले भने निरन्तरता पाएको छ ।

असारको पहिलो साता वाणिज्य बैंकहरुमा दश अर्ब निक्षेप थपिएको छ । यस अवधिमा बैंकरुले जम्मा एक अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् । अघिल्लो महिनादेखि बैंकहरुमा निक्षेप थपिन थालेको हो ।

जेठ महिनमा वाणिज्य बैंकहरुमा ५० अर्ब निक्षेप थपिएको थियो भने जेठ महिनाभर बैंकहरुले २२ अर्ब मात्र कर्जा प्रवाह गरेका थिए । आर्थिक वर्षको अन्त्यतिर कर्जा प्रवाहमा बैंकहरु संयमित देखिए पनि वर्षभरीको कर्जा निक्षेप अनुपात भने अझै सन्तुलनमा आउन सकेको छैन ।

चालु आर्थिक वर्षको असार १० गतेसम्ममा बैंकहरुले कुल २७ खर्ब ६९ अर्ब निक्षेप संकलन गरी २४ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् । चालु आर्थिक वर्ष अर्थात श्रावण यता बैंकहरुमा २९९ अर्ब निक्षेप थपिएको छ भने ३५८ अर्ब कर्जा परिचालन गरेका छन् ।

एघार महिनाको अवधिमा बैंकहरुले निक्षेप संकलन भन्दा ५९ अर्ब रुपैयाँ बढी रकम कर्जा परिचालन गरेका छन् ।

बैंकहरुले वैशाख महिनाभर पाँच अर्ब निक्षेप उठाएर २७ अर्ब कर्जा प्रवाह गरेको पाईएको छ । बैंकहरुले जेठमा ५० अर्ब निक्षेप उठाएर २२ अर्ब कर्जा परिचालन गरेका थिए। । असारको पहिलो साता दश अर्ब निक्षेप उठाएर एक अर्ब कर्जा लगानी गरेका छन् ।

अहिले बैंकहरुमा करिब ३० अर्ब मात्र लगानीयोग्य रकम रहेको छ । अघिल्ला बर्षहरुमा बैंकहरुमा लगानीयोग्य रकमको चरम अभाव हुँदा १२ अर्ब मात्र अधिक तरलता थियो । बैंकहरुको अन्तरबैंक ब्याजदर भने अहिले घटेर ६.४ प्रतिशतमा झरेको छ ।

सरकारले पूँजीगत खर्चको रकम भुक्तानी दिने क्रम केही बढाएकाले बैंकहरुको निक्षेपमा सुधार देखिएको हो । तर गत वर्षको भन्दा बैंकहरुमा निक्षेप बढ्नेक्रम भने सुस्त छ । आर्थिक वर्षको सकिन एक महिना भन्दा बढी समय रहदा बैंकहरुले कर्जा विस्तारमा संयमित बनेका हुन् ।

बैंकहरुले कर्जा विस्तारमा लिएको आक्रमक नीति र निक्षेप संकलनमा सुधार नहुँदा सिसिडि रेसियो समेत बढेको थियो । सिसिडि रेसियो तोकिएको सीमा भन्दा माथि पुग्ने भएपछि बैंकहरुले कर्जा विस्तारमा संयम राख्दै निक्षेप संकलनमा जोड दिएका छन् । अधिकाश वाणिज्य बैंकहरुको कर्जा पूँजी निक्षेप (सिसिडि) अनुपात ७८ को हाराहारीमा भएकाले कर्जा दिनका लागि नयाँ निक्षेप आवश्यक हुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।