कामना सेवा विकास बैंकको ब्याज आम्दानी घट्यो, नाफा कति?

Apr 19, 2024 07:54 AM Merolagani

कामना सेवा विकास बैंक (KSBBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५२ करोड रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २०.५८ प्रतिशत, कुल सञ्चालन आम्दानी २.६६ प्रतिशत र सञ्चालन मुनाफा २.९२ प्रतिशत बढेको छ।

खुद ब्याज आम्दानी घटेपनि बैंकको खुद नाफा भने समीक्षा अवधिमा ८.४० प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो ९ महिनामा ३० करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३३ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। निष्क्रिय कर्जा बढेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५० पैसा बढेर १३ रुपैयाँ ४७ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २६.५१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ३४ पैसा रहेको छ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २८ करोड ७३ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६८ पैसा रहेको छ।

३ अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ८१ करोड रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा बैंकले ५७ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ३५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।