नेपाल टेलिकमले ७२ वटा टावर बनाउने, नवलपरासी–बुटवल क्षेत्रमा देखिने समस्या हल हुने

Nov 08, 2019 11:56 AM Merolagani



नेपाल टेलिकमले टावर निर्माणको कार्यलाई तिव्रता दिने भएको छ। स्किपर प्याराडाइज जेभी र नेपाल टेलिकमबीच बिहीबार ७२ ओटा टावर ग्राउन्डे बेस सपोर्टिङ टावर बनाउन सम्झौता भएको हो।

टावर निर्माण कार्यले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी–बुटवल क्षेत्रमा टेलिकमको नेटवर्क समयमा हल हुने विश्वास लिइएको छ। स्किपर प्याराडाइज जेभी र नेपाल टेलिकमबीच लुम्बिनी, गण्डकी, धौलागिरीमा ६४ र काठमाडौंमा ८ वटा टावर निर्माणको सम्झौता भएको हो।

सम्झौता पत्रमा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र प्याराडाइजका प्रबन्ध निर्देशक गोकुल पौडेलबीच हस्ताक्षर भएको हो।

सम्झौता अनुसार ६ महिना भित्र टावर विस्तारको सक्नुपर्नछ। छिटै १३८ ग्राउन्डे बेस सपोर्टिङ टावर निर्माणका लागिसमेत टेन्डर प्रक्रिया सुरु हुने टेलिकमले जनाएको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।