राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चालु आर्थिक वर्षभित्र हरेक वाणिज्य बैंकले चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने प्रावधान ल्याएपछि बैंक ऋणपत्र निष्काशनमा जुटेको हो। मर्जरमा जाने संस्थाले भने ऋणपत्र निष्काशनका लागि थप एक वर्षको समय पाउनेछन्।
कृषि विकास बैंक बैंकले बिक्रीमा ल्याउन लागेको उक्त ऋणपत्रमध्ये १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणमा निष्काशन गर्ने छ भने बाँकी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता बैंक आफैले ब्यक्तिगत तवरबाट बिक्री गर्नेछ।
बैंकले “एडिविएल कृषि विकास बैंक लि.२०८३” नामक ७ वर्षे ऋणपत्र जारी गर्ने भएको हो। बोडबाट अनुमति पाएपछि ऋणपत्र निष्काशनको प्रकृया अघि बढाउनेछ।
उक्त ऋणपत्रमा १०.३५ प्रतिशत व्याजदर भुक्तानी गर्ने बैंकले जनाएको छ। बैंकले ऋणपत्र निष्कशनको लागि बोर्डसँग अनुमति मागेपनि रेटिड. भने गराएको छैन।
बैंकको ऋणपत्रमा बिक्री प्रबन्धकको काम एनआइविएल एस क्यापिटलले गर्ने छ।
राष्ट्र बैंकले बैंकहरुमा लगानीयोग्य तरलता समस्या आउन नदिन वाणिज्य बैंकहरुलाई अनिवार्य गर्ने निति ल्याएपछि हाल ऋणपत्र निष्काशन गर्ने बैंकहरुको लहर नै चलेको छ। ऋणपत्र निष्काशन गर्ने बैंकहरुको लहरमा सरकारी बैंक पनि सहभागी हुन लागेको हो।
यद्यपी नेप्सेमा सूचीकृच भएर पनि शेयर जस्तो दोस्रो बजारमा सहजै खरीद बिक्री नहुँदा सर्वसाधारणबाट ऋणपत्रमा उत्साहजनक सहभागिता भने देखिँदैन।