एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा बढ्यो, प्रतिदिन १ लाखसम्म निकाल्न पाउने

Jan 03, 2020 08:41 AM Merolagani



अब एटीएम कार्ड प्रयोग गरी प्रतिदिन एक लाखसम्म निकाल्न पाउने भएको छ। नेपाल राष्ट्र बैंकले पुस १७ गते, बिहीबार एकीकृत निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

राष्ट्र बैंकले एटीएम कार्ड प्रयोग गरी एक पटकमा न्यूनतम ५०० रुपैयाँदेखि अधिकतम २५ हजार रुपैयाँसम्म निकाल्न पाउने व्यवस्था गरेको हो। यसअघि एक पटकमा २० हजार रुपैयाँ गरी प्रतिदिन ६० हजार रुपैयाँमात्र निकाल्न पाइने व्यवस्था रहेको थियो।

गत भदौमा विभिन्न बैंकका एटीएमहरु प्रयोगगरी करोडौँ रुपैयाँ लुटपाट भएपछि केन्द्रिय बैंकले एटीएमबाट निकाल्न पाउने रकमको सीमा घटाएर २० हजार रुपैयाँमा सीमित गरेको थियो।

प्रिपेड कार्ड जारी गर्दा एक पटकमा अधिकतम एक लाखसम्मको कार्ड जारी गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यस्ता कार्डहरुबाट न्यूनतम ५ सयदेखि २५ हजार रुपैयाँसम्म निकाल्न सकिनेछ। 

 

त्यस्तै, क्रेडिट कार्डबाट सामान्यतयः नगद कारोबार गर्न नपाइने भएपनि ग्राहकलाई अत्यावश्यक परेमा कार्डको स्वीकृत सीमा रकमको १० प्रतिशतसम्म नगद झिक्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।