सुनकाे भाउ एक सातामै साढे ४ हजारले बढ्याे, कतिमा हुदैछ कारोबार?

Mar 08, 2020 11:37 AM Merolagani



गत एक सातामै सुनको भाउ प्रतितोला ४ हजार ५०० रुपैयाँले बढेको छ। कोरोना भाइरसको प्रभावका कारण फागुन १८ गते प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य फागुन २३ गते शुक्रबार ८२ हजार ५०० रुपैयाँ पुगेको हाे।

 

पछिल्लो समय लगातार बढीरहेको सुन तथा चाँदीको भाउ फागुन २५ गते आइतबार भने स्थीर रहेको छ। यस दिन छापावाला सुन प्रतितोला ८२ हजार ५०० र तेजाबी सुन प्रतितोला ८२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ। 

सुनकाे भाउ लगातार बढ्न थालेपछि सुन काराेबारमा भने मन्दी छाएकाे व्यवसायीहरू बताउछन्। अहिले सुनकाे भाउ बढेर काराेबारमा कमी आउदा व्यवसाय धान्न समेत गाह्राे पर्ने अवस्था आएकाे व्यवसायीकाे गुनासाे छ। 

यस दिन सुनसँगै चाँदी पनि स्थीर रहेको छ। चाँदी प्रतितोला ८९० रुपैयाँमा कारोबार भइरहेको महाँसंघले जनाएको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।