नेपालको संविधानमा उल्लेख भएको एक मात्र पेसागत संगठनको रुपमा रहेको नेपाल बार एशोसिएशनमा करिब २० हजार सदस्यहरु आवद्ध रहेका छन् । सम्झौता पछि नेपाल बार एशोसिएशनका सदस्यहरुले माछापुच्छ्रे बैंक का सम्पूर्ण शाखाहरु मार्फत निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सेवाहरुमा बिशेष सहुलियत र प्राथमिकता प्राप्त गर्नेछन् ।
यस बैंकले हालै मात्र नेपाल चिकित्सक सघं, नेपाट चार्टड एकाउन्टेन्स संघ, नेपाल अडिर्टस एशोसिएशन लगायतका संस्थासंग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आवद्ध व्यक्ति तथा संस्थाहरुलाई बिशेष प्राथमिकताका साथ सेवा पुर्याउने उद्धेश्यले सम्झौता गरेको थियो ।
बैंककाे हालसम्म १५९ वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९७ स्थानमा सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस सेवा रहेकाे छ ।