प्रुडेन्सियल इन्स्योरेन्सले खुद नाफा ४० प्रतिशतले बढ्यो, बीमाशुल्कमा पनि उल्लेख्य वृद्धि

May 07, 2021 10:22 AM Merolagani

प्रुडेन्सियल इन्स्योरेन्स (PICL) ले खुद बीमाशुल्क र नाफा दुबै बढेको वित्तीय विवरण प्रकाशित गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद बीमाशुल्क ६०.२१ प्रतिशतले बढ्दा नाफा पनि ४०.५० प्रतिशतले बढेको हो ।

चालू आर्थिक वर्षको चैत सम्ममा इन्स्योरेन्सले १२ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४०.५० प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ९ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क पनि ६०.२१ प््रतिशतले बढेर ४८ करोड ४५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ३० करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट १० करोड ५६ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ३ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी एक अर्ब २ करोड ६४ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २६ करोड १४ लाख रुपैयाँ, बीमा कोषमा ६० करोड ५ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ५ करोड ४६ लाख रुपैयाँ सञ्चित छ ।

इन्स्योरेन्सले यस अवधिसम्ममा १ लाख २७ हजार ४७३ वटा बीमालेख जारी गरी १ अर्ब ५ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले ४ हजार १६१ वटा दाबी बापत ४८ करोड ४५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार ५५१ वटा दाबी बापत ४२ करोड ३३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५४ पैसा, प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ ३ पैसा र मूल्य आम्दानी अनुपात ४९.८९ गुणा छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।