शेयर बजारमा आरबिबि म्युचुअल फण्ड भित्रीँदै, वर्षेनी उच्च प्रतिफल वितरण गर्ने

Jul 06, 2021 01:13 PM Merolagani



नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत हुने सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को संख्यामा वृद्धि भइरहेकाे छ। यसै क्रममा आरबिबि मर्चेन्ट बैंकिङको व्यवस्थापनमा आरबिबि म्युचुअल फण्ड १(RBBMF1) पनि थपिने भएको छ। पछिल्लो समय शेयर बजारसँगै म्युचुअल फण्डको इकाई मूल्यमा समेत सुधार भएको छ।

वर्षेनी इकाईधनीलाई आकर्षक प्रतिफल वितरण गर्ने प्रतिबद्धता जनाउँदै आरबिबि म्युचुअल फण्ड १ बजार प्रवेश गर्ने तयारी गरीरहेको छ। असार २३ गतेदेखि सर्वसाधारणको लागि निष्काशन तथा बिक्री खुला हुने आरबिबि म्युचुअल फण्ड १ को लगानीबाट प्राप्त हुने प्रतिफल, सम्भावना, चुनौतिका विषयमा मेरोलगानीले आरबिबि मर्चेन्ट बैकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलसँग गरीएको कुराकानीकाे सारः

आरबिबि मर्चेन्टको व्यवस्थापनमा पहिलो म्युचुअल फण्ड निष्काशन हुँदैछ। यो कस्तो फण्ड हो? यसका विषेशताहरु के-कस्ता छन्?

हामीले निष्काशन गर्न लागेको आरबिबि म्युचुअल फण्ड १ हाम्राे पहिलो म्युचुअल फण्ड हो। यो बन्दमूखी प्रकृतिको योजना हो। योजनाको आकार एक अर्ब रुपैयाँ रहेको यो फण्डको समयावधि ७ वर्षको रहनेछ। हामीले आगामी असार २३ गतेदेखि यसको निष्काशन तथा बिक्री खुला गर्दैछौँ। जसमा लगानीकर्ताले छिटोमा असार २७ गतेसम्म र ढिलोमा साउन ६ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था छ। उक्त फण्ड निष्काशन तथा बाँडफाँड पश्चात नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुनेछ। र, त्यससँगै दोश्रो बजारमा किनबेच गर्न सकिन्छ।

बजारमा अरु धेरै म्युचुअल फण्डहरु छन्। तिनीहरुभन्दा आरबिबि म्युचुअल फण्ड १ के कस्ता कुरामा भिन्न छ?

अहिले १४ वटा मर्चेन्ट बैंकरले म्युचुअल फण्ड जारी गरेका छन्। त्यसमध्ये २४ वटा योजनाहरु बजारमा गइसकेका छन्। यसमध्ये अब आरबिबि म्युचुअल फण्ड नै किन? भन्नुहुन्छ भने हाम्रो फण्ड म्यानेजमेन्ट टीम अनुभवी र कुशल हुनुहुन्छ। सुपरिवेक्षक टीममा पनि विभिन्न क्षेत्रको अनुभव बटुलेका विज्ञहरु हुनुहुन्छ। जसले गर्दा कुन क्षेत्र तथा कम्पनीमा बढी लगानी गर्ने? कसरी गर्ने? कुन स्टक बढी होल्ड गर्ने? भन्ने विषयमा निणर्य लिन सजिलो हुन्छ। यसकै आधारमा हामीले लगानीकर्तालाई राम्रो प्रतिफल दिन सक्छौं। त्यसैले लगानीकर्ताले आरबिबि म्युचुअल फण्डमा लगानी गर्न सक्नुहुन्छ।

अहिले बजारमा जुन किसिमका फण्डहरु आइरहेका छन्, ती सबैले यो क्षेत्रमा यति लगानी गर्छौं भनेर मापदण्ड तोकेर ल्याएका हुन्छन्। तर, हामी ब्यालेन्स्ड तरिकाले लगानी गर्छौं। इकाईधनीलाई अधिकतम प्रतिफल प्राप्त होस् भनेर हामीले त्यहि अनुसार अनुभवी टीम खडा गरेका छौं। नियामक निकायले तोकेको लगानीको क्षेत्रको सीमाभन्दा बाहिर जाने कुरा भएन। सामूहिक लगानी कोष र धितोपत्रसँग सम्बन्धित ऐन, नियमावली तथा निर्देशिकाहरुको अधिनमा रहि तोकिएका क्षेत्रमा लगानी गर्नेछौं। यो बन्दमूखी योजनामा ब्यालेन्सड् हिसाबले धितोपत्र बजारमा लगानी गर्नेछौं।

सबै फण्डहरुले शेयर बजारमा नै लगानी गर्ने हो। तर अरु फण्डहरुभन्दा अब्बल आउन र लगानीकर्तालाई प्रतिफल वितरण गर्ने सम्बन्धमा तपाईहरुले कस्तो योजनाहरु बनाउनु भएको छ?

आधारभूत विश्लेषण (Fundamental Analysis), प्राविधिक विश्लेषण (Technical Analysis) र भ्यालु इन्भेष्टिङ्ग जस्ता विभिन्न विधिबाट विश्लेषण गर्छौं। सो विश्लेषण गर्दा जुन स्टक लगानी गर्न उचित हुन्छ। जुनबाट बढी प्रतिफल आउँछ भन्ने अनुमान गर्छौं, त्यसमै लगानी गर्छौं।

सो विश्लेषण गर्दा हामीले गत ५ वर्षको वित्तीय विवरणको तथ्यांकलाई लिन्छौं। अहिले बजार मूल्य के छ? त्यो हेर्छौं? भ्यालु इन्भेष्टिङ्ग गर्दा यदि अहिलेको बजार मूल्यभन्दा ५ वर्ष पछिको अनुमानित मूल्य धेरै छ भने हामीले दीर्घकालिन लगानीको रुपमा केन्द्रित हुनेछाैँ।

शेयरबजार बढ्दा फण्डहरुको आम्दानी राम्रो हुन्छ। सधै बजार नबढ्ला, त्यस्तो अवस्थामा आफ्ना इकाईधनीहरुलाई निराश नबनाउनको लागि कस्तो तयारी गर्दै हुनुहुन्छ?

यस फण्डमा लगानी गर्ने लगानीकर्ताले पहिलो वर्षदेखि नै लाभांश पाउनुहुनेछ। यससँगै उहाँहरुलाई ७ वर्षमा कूल १२७ प्रतिशत लाभांश दिने हाम्रो प्रक्षेपण रहेको छ। यस अनुसार लगानी गर्ने लगानीकर्ताले पहिलो वर्षमा १० प्रतिशत, दोश्रोमा १३, १७, १९, २१, २२ गर्दै अन्तिम वर्षमा २५ प्रतिशत लाभांश पाउनुहुनेछ। शेयर बजार एउटा जोखिम भएकै क्षेत्र हो। जसलाई कसैले नकार्न सक्दैन। त्यहि जोखिमलाई नै विभिन्न प्रकारका विधि तथा रणनीति प्रयोग गरेर हामीले लगानी गर्छौं। जोखिम भएता पनि ती जोखिमलाई न्युनीकरण गरेरै हामीले प्रतिफल दिने प्रक्षेपण गरेका हौं।

आरबिबि म्युचुअल फण्डमा लगानी गर्न सुरक्षित छ भन्ने आधारहरु के के छन्? र लगानीकर्ताहरुले आरबिबि म्युचुअल फण्ड नै किन खरिद गर्ने?

आरबिबि मर्चेन्ट बैंकिङ्गले कम्पनीको छनौट गर्ने क्रममा विभिन्न कम्पनीहरुको आधारभूत तथा प्राविधिक अनुसन्धान तथा विश्लेषण गरि विभिन्न कम्पनीहरुको वर्गीकरण गर्दछ। यसरी वर्गीकरण गरे पश्चात विभिन्न कम्पनीहरुलाई तयार गरेको Company Grading Policy को आधारमा, उक्त कम्पनीको शेयरहरुमा लगानी गरिन्छ। योजनाको कम्पनी छनौट गर्ने रणनीतिले विशेष गरि कम्पनीको वित्तिय अवस्था, कम्पनीको व्यवस्थापन, व्यवसायको प्रकृति तथा संस्थागत सुशासनलाई विशेष महत्व दिन्छ। आरबिबि मात्रै नभएर लगानीकर्तालाई अहिलेको समयमा म्युचुअल फण्डमा लगानी गर्न पाउनु एउटा राम्रो अवसर हो।

लगानीकर्तालाई म के अनुरोध गर्छु भने हाम्रो यो आरबिबि म्युचुयल फण्ड पहिलो योजना हो। यसमा गर्नुभएको लगानीमा राम्रो प्रतिफल पाउनु हुनेछ। नेपाल सरकारको करिब पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरबिबि मर्चेन्ट बैंकिङ्ग हो। यसमा सबैको चासो रहेको हुन्छ भन्नेमा म विश्वस्त छु। यसमा विभिन्न चरणमा विश्लेषण गरेर मात्रै लगानी गर्नेछौं। त्यसैले लगानीकर्ताले कुनै पनि दुविधामा नपरि आरबिबि म्युचुअल फण्डमा लगानी गर्नुभयो भने हामीले सन्तुष्ट हुने गरी नै प्रतिफल दिनेछौं।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।