आइएमई जनरल इन्स्योरेन्स हकप्रद निष्काशनको अनुमति माग्दै बोर्ड पुग्यो

Sep 03, 2021 02:33 PM Merolagani

आइएमई जनरल इन्स्योरेन्स (IGI) हकप्रद निष्काशनको अनुमति माग्दै नेपाल धितापत्र बोर्डमा आवेदन दिएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो।

कम्पनीले चुक्ता पूँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँ छ। एक बराबर ०.४ अनुपात अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ६२ करोड ६ लाख रुपैयाँ पुग्नेछ।

बीमा समितिले अरु बीमा कम्पनीहरुलाई तत्काल हकप्रद निष्काशन गर्न रोक्का गरेको भएपनि शिखर र आइएमई जनरललाई भने हकप्रद निष्काशन गर्न अनुमति दिएको थियो।

साधारण सभाबाट हकप्रद निष्काशनको प्रस्ताव अघि बढीसकेकोले यी दुई कम्पनीले हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।