एचआईडिसीएलको साढे ३ करोड कित्ताभन्दा बढी शेयर लिलाम बिक्रीमा आउने

Sep 13, 2021 08:27 AM Merolagani

हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (HIDCL) अर्थात एचआईडिसीएलको साढे ३ करोड कित्ताभन्दा बढी शेयर लिलाम बिक्रीमा आउने भएको छ। कम्पनीले निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको सो शेयर लिलाम बिक्रीमा आउने भएको हो।

कम्पनीले जेठ २७ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ बराबर १ अनुपातमा प्रतिकित्ता १०० अंकित मूल्यका ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। सोमध्ये १ लाख ९६ हजार ४२४ आवेदकबाट कुल ७ करोड ३७ लाख ७० हजार २७६ कित्ता शेयरका लागि आवेदन परेको थियो। जुन भदौ २६ गते बाँडफाँट गरिएको थियो। बाँडफाँट नभएको ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयर कम्पनीले शिलबन्दी बोलपत्रमार्फत खरिद आव्हान गर्नेछ।

हकभन्दा बढी शेयर माग गरी दरखास्त दिने आवेदकहरुको बाँडफाँटमा नपरेको हकप्रद शेयर बापतको रकम भदौ ३१ गतेदेखि आईपीएस मार्फत सम्बन्धित आवेदकहरुको बैंक खातामा रकमान्तर गरिने व्यवस्था मिलाइएको छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।