करिब १० अर्बको पोलिसी सरेन्डर, किन हुन्छ पोलिसी सरेन्डर?

Sep 19, 2021 01:55 PM Merolagani

अरूण पाख्रेन

गत आर्थिक वर्षमा बीमितहरुले करिब १० अर्ब रुपैयाँको पोलिसी सरेण्डर (समर्पण/त्याग) गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार १९ जीवन बीमा कम्पनीहरुका ९ अर्ब ८८ करोड १४ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर भएका हुन् ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा ९ अर्ब ८८ करोड रुपैयाँ बराबरको ६५ हजार ३१३ वटा बीमालेख सरेन्डर भएका छन् ।

जीवन बीमा कम्पनीहरुमा एलआईसी नेपालको सबै भन्दा धेरै पोलिसी सरेन्डर भएका छन् । कम्पनीको २२ हजार २६७ वटा बीमालेखहरुबाट ३ अर्ब ५३ करोड ६७ लाख रुपैयाँ बराबरको पोलीसी सरेन्डर भएका हुन् ।

सरेन्डर रकम भने नेपाल लाइफको सबै भन्दा धेरै ३ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ रहेको छ । २० हजार ४७६ वटा पोलिसी सरेन्डर भएर सो बराबरको रकम बीमितले फिर्ता लगेका हुन् ।

पोलिसी सरेन्डर धेरै गर्नेमा नेपाल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) रहेका छन् । कुल सरेन्डर पोलीसीमा यि दुई कम्पनीको मात्रै ६५ प्रतिशत पोलीसी सरेन्डर भएका छन् । दुुई कम्पनीका ४२ हजार ७४३ वटा बीमालेख सरेन्डर भएर बीमितले ७ अर्ब ३९ करोड २० लाख रुपैयाँ फिर्ता लगेका छन् ।

यस्तै नेशनल लाइफको ९.५३ प्रतिशत अर्थात ५७ करोड २३ लाख रुपैयाँ बराबरको ६ हजार २२६ बीमालेख सरेन्डर भएका छन् ।

राष्ट्रिय बीमा संस्थानको ५१ करोड ६६ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर भएपनि बीमालेख संख्या भने उल्लेख गरेको छैन् ।

सबै भन्दा कम पोलीसी सरेन्डर हुनेमा भने सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको ५७ लाख रुपैयाँ बराबरको ७० वटा बीमालेख सरेन्डर भएका छन् । यो कुल सरेन्डर पोलिसीको ०.११ प्रतिशत हो ।

पाेलिसी सरेण्डर कम गर्न बीमा समितिकाे प्रयास 

बीमा समितिले पोलिसी ल्याप्स र सरेन्डरको दर बढ्दै गएपछि त्यसको कारण खोज्दै आएको थियो । पोलिसी ल्याप्स र सरेन्डरको दर बढ्दै गएको भन्दै समितिले तीन वर्ष पछि मात्रै बीमालेख धितोमा ऋण दिन तथा बीमालेख समर्पण (त्याग्न) सकिने व्यवस्था सहित जीवन बीमा सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ ।

समितिले गत वर्षको असार १७ गते पनि एक निर्देशिका जारी गर्दै बीमालेख अन्तगर्त समर्पण मूल्य र बीमालेख धितोमा कर्जा दिँदा दुईवर्ष पुरा भएपछि मात्र दिन सकिने व्यवस्था गर्न निर्देशन दिएको थियो । तर एकल बीमालेखको हकमा भने बीमालेख जारी भएको एक वर्षपछि ऋण तथा समर्पण मूल्य प्रदान गर्न सकिने व्यवस्था समितिले गरेको थियो ।

त्यस्तो व्यवस्थालाई परिवर्तन गर्दै समितिले यहि असार २३ बुधबार जीवन बीमालेख सम्बन्धी निर्देशिका २०८७ जारी गर्दै एकल बीमालेखको हकमा पनि बीमालेख जारी भएको तीन वर्षपछि ऋण तथा समर्पण मूल्य प्रदान गर्न सकिने व्यवस्था गरेको छ । यस्तो व्यवस्थाले पोलिसी ल्याप्स र पोलिसी सरेन्डरको दर घट्ने बीमा समितिको बुझाई छ ।

कमिशनको लोभले सरेन्डर बढ्यो

बीमा अभिकर्ताहरु माथि जवजस्ती बीमा गराउने गरेको आरोप लाग्दै आएकाे छ ।  अभिकर्ताहरुले आफ्नो स्वार्थको लागि सर्वसाधारणलाई विभिन्न लोभ देखाएर बीमा गराउने गरेको आरोप लाग्ने गरेको हाे ।

जसले गर्दा बीमितले बीमा अवधि पुरा नहुदै बीमाशुल्क भुक्तानी गर्न नसकिने अवस्थामा पुग्छन् । नविकरण शुल्क निरन्तर भुक्तानी गर्न नसकिएपछि बीमितले पोलिसी सरेन्डरको बाटो रोज्ने गरेका छन् ।

कमिशनका लागि अभिकर्ताहरूले बीमितको आम्दानीको आधारबीनै धेरैभन्दा धेरै व्यक्तिलाई बीमा गराउन खोज्ने प्रवृतिले गर्दा पोलिसी सरेडरको दर बढ्दै गएको बीमा समितिका कार्यकारी निर्देशन राजुरमण पौडेलको भनाई छ ।

‘जीवन बीमा गराउँदा कमिशन आइहाल्छ भनेर केहि बीमा अभिकर्ताहरुले बीमा गराउन दवाव दिने गरिएको छ । बीमितको आम्दानीको स्रोत बिना बीमा गर्दा पोलिसी सरेन्डर उच्च देखिएको हो ।’ उनले भने, ‘पोलिसी सरेन्डरको नियन्त्रण गर्न हामीले जीवन बीमा सम्बन्धी निर्देशिका २०७८ जारी गरेका छौ ।’ आगामी आर्थिक वर्षदेखि पोलिसी सरेन्डरको दर घट्ने उनको दाबी छ ।

लामो समयदेखि बीमा अभिकर्ताको काम गर्दै आइरहेकी बीना कुमारी न्यौपाने पनि दक्ष बीमा अभिकर्ताकाे अभावमा पोलिसी सरेन्डरको दर उच्च देखिएको बताइन् । ‘बीमा सम्बन्धी राम्रो ज्ञान नभएको बीमा अभिकर्ताहरुले गर्दा पोलिसी सरेन्डर हुन्छ । सर्वसाधारणलाई बीमाको महत्व बुझाउन सक्नु पर्छ,’ उनले भनिन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।