सुशीला कार्की मन्त्रिपरिषदमा दुई मन्त्रीले लिए सपथ, दुई जनाको रोकियो

Oct 26, 2025 03:33 PM merolagani



प्रधानमन्त्री सुशीला कार्की मन्त्रिपरिषदमा दुईजना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

तर, मन्त्रीका लागि सिफारीस गरेका खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको सपथ भने रोकिएको छ । सुनारलाई श्रम तथा रोजगार र श्रेष्ठलाई भूमि सुधार मन्त्रीमा सिफारिस गरिएकाे थियाे । उनीहरु विवादमा मुछिएपछि सपथ रोकिएको हो ।

उनीहरुका अनेक काण्ड प्रमाणसहित बाहिर आउन थालेपछि शपथग्रहण नहुने भएको हो ।




अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, कारण यस्तो

Oct 22, 2025 06:06 AM

२१ अक्टोबर, अर्थात मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ। पछिल्ला केही महिनादेखि उच्च दरमा बढेर दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा मंगलबार करिब ६ प्रतिशतसम्मको गिरावट भएको छ।