पूँजीबजार संघर्ष समिति र सेबोनबीचको वार्ता सफल

Sep 23, 2021 10:14 AM Merolagani



नेपाल पूँजीबजार संघर्ष समिति र नेपाल धितोपत्र बोर्ड (सेबोन) बीचको वार्ता सफल भएको छ।

असोज ६ गते राति बसेको सो वातामा समितिले ज्ञापनपत्रमा उल्लेख गरेका सबै मागहरु बोर्डको सञ्चालक समितिमा लैजाने र सोही अनुसार ५ कार्यदिन भित्र काम कारवाही अगाडि बढाइ सोको जानकारी दिने कुरामा सहमति भएको हो। सहमति पत्रमा बोर्डका पदाधिकारी तथा संघर्ष समितिका अगुवाहरुले हस्ताक्षर गरेका थिए।

गत भदौ २१ गते मोटर साइकल र्‍याली गर्दै आन्दोलनको सुरुवात गरेका लगानीकर्ता समूहले २३ गतेदेखि रिले अनसन गरेका थिए भने माग पुरा नभएपछि भदौ ३० गतेदेखि आमरण अनसन शुरु गरेका थिए।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।