मौद्रिक नीति समीक्षाको पर्खाइमा लगानीकर्ता

Nov 22, 2021 03:17 PM Merolagani



धितोपत्र बजारका लगानीकर्ताहरु अहिले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको पर्खाइमा देखिएका छन्।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्ने तयारी गरिरहँदा लगानीकर्ताहरु पनि ४/१२ करोडको मार्जिन कर्जा सीमा र सिडी रेशियो सम्बन्धि व्यवस्था संशोधन हुने अपेक्षा गरिरहेका छन्। सोही अपेक्षाका कारण पछिल्लो समय शेयर बजारले कुनै निश्चित दिशा लिन सकिरहेको छैन। अबको दिनमा बजारले कुन गति लिन्छ भन्ने मौद्रिक नीति समीक्षाले निर्धारण हुने लगानीकर्ताहरु बताउछन्।

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ७.९० अंक बढेर २७६५.४३ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.२१ अंक बढेर ५१९.४६ विन्दुमा पुगेको छ भने फ्लोट इण्डेक्स ०.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०६ अंक बढेको छ।

यस दिन नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन २२५ कम्पनीको ५१ हजार ५२६ पटकको कारोबारमा ३ अर्ब ९२ करोड ९२ लाख रुपैयाँ बराबरको ७५ लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार मानुषी लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेर कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य १६४ रुपैयाँ ४० पैसा बढेर १ हजार ८०९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन चन्द्रागिरी हिल्सको शेयरमूल्य ९.७५ प्रतिशत बढेको छ। कारोबारमा आएको एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य सर्वाधिक ४.१४ प्रतिशत बढेको छ। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक र रिलायन्स फाइनान्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३४ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल दूरसञ्चार कम्पनीको २९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.५१ प्रतिशत बढेको छ। त्यसैगरी, अन्य उपसमूहको परिसूचक १.३३ प्रतिशत बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ०.८८ प्रतिशत घटेको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।