नेपाल क्रेडिट एण्ड कमर्श बैंकले घोषणा गर्यो लाभांश

Dec 01, 2021 10:41 AM Merolagani



नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (NCCB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

मंसिर १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

हाल बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६८० रुपैयाँ रहेको छ। ८ प्रतिशत बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ रुपैयाँ पुग्नेछ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।