लाभांश प्रस्ताव पारित गर्न नेशनल माइक्रोफाइनान्सले डाक्यो साधारण सभा

Dec 28, 2021 09:36 AM Merolagani

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (NMFBS) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर ५ प्रतिशत नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रस्ताव पारित गर्न लघुवित्तले माघ ६ गते, बिहीबार, क्रिक रिसोर्ट, धादिङबेशी, धादिङमा आठौँ वार्षिक साधारण सभा बोलाएको हो।

लाभांश प्रस्तावका साथै सभाले अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न र लघुवित्तको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीषक नियुक्ता गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउनका साथै लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।