सातामा नेप्से सामान्य अंक बढ्दा कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Jan 01, 2022 07:28 AM Merolagani



यस साता नेप्से परिसूचक सामान्य अंक बढेको छ। गत साता २५२०.२३ विन्दुमा बन्द भएको नेप्से, यस साता ४.२७ अंक बढेर २५२४.५० विन्दुमा बन्द भएको छ।

यस साता नेप्से बढेपनि सेन्सेटिभ इण्डेक्स, फ्लोट इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स घटेको छ। यस साता सेन्सेटिभ इण्डेक्स ६.१२ अंक, फ्लोट इण्डेक्स ०.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४४ अंक घटेको छ।

नेप्सेसँगै यस साता औषत कारोबार रकम, औषत शेयर संख्या, औषत कारोबार संख्या बढेको छ। यस साता दैनिक औषतमा ५३ हजार ५८८ पटकको कारोबारमा ४ अर्ब ३८ करोड रुपैयाँको करिब ७६ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। साताको दैनिक औषत कारोबार रकम यस साता २६.५९ प्रतिशत बढेको छ भने शेयर संख्या १३.११ प्रतिशत र कारोबार संख्या १४.८८ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३५ खर्ब ४३ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पूँजीकरण, यस साता २३ अर्ब रुपैयाँ बढेर ३५ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। बढेका उपसमूहमध्ये यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ६.७६ प्रतिशत बढेको छ। अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक बढेको छ। गत साता १३ हजार ३१५.५७ विन्दुमा रहेको यस उपसमूहको परिसूचक यस साता ८९५.३० अंक बढेर १४ हजार २१०.८७ विन्दुमा पुगेको छ।

यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.७७ प्रतिशत घटेको छ। त्यसैगरी, अंकका आधारमा यस साता विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको छ। गत साता ४३६८.८२ विन्दुमा रहेको यस उपसमूहको परिसूचक यस साता १४३.७४ अंक घटेर ४२२५.०८ विन्दुमा झरेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता युनिलिभर नेपाल, सिभिल बैंक, सेञ्चुरी कमर्सियल बैंक लगायतका कम्पनीहरुको मोस्ट पपुलर बाइ स्टकको सूचीमा शीष स्थानमा परेका छन्। त्यसैगरी, कृषि विकास बैंक, नबिल बैंक, सनराइज ब्लुचिप फण्ड लगायतका कम्पनीहरुको मोस्ट पपुलर सेल स्टकको सूचीमा परेका छन्।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।