सातामा साढे ६ प्रतिशतभन्दा बढी बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

Jan 08, 2022 07:16 AM Merolagani



यस साता नेप्से परिसूचक साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। गत साता २५२४.५० विन्दुमा बन्द भएको नेप्से, यस साता ६.६५ प्रतिशत अर्थात १६७.९७ अंक बढेर २६९२.४७ विन्दुमा पुगेको छ।

बजार खुलेको ५ कारोबार दिनमध्ये ४ कारोबार दिन उकालो लागेसँगै नेप्सेले सो बराबरको अंक बढेको हो।

यस साता सेन्सेटिभ इण्डेक्स ७.४१ प्रतिशत अर्थात ३४.९२ अंक बढेर ५०६.१६ विन्दुमा पुगेको छ भने फ्लोट इण्डेक्स ७.१९ प्रतिशत अर्थात १२.४३ अंक बढेर १८५.४२ विन्दुमा पुगेको छ। त्यसैगरी, यस साता सेन्सेटिभ फ्लोट इण्डेक्स ८.५८ प्रतिशत अर्थात १३.०६ अंक बढेर १६५.२६ विन्दुमा पुगेको छ।

नेप्से उकालो लागेपनि यस साता दैनिक औषत कारोबार रकम भने गत साताको तुलनामा घटेको छ। गत साता दैनिक औषतमा ४ अर्ब ३८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता ४ अर्ब २५ करोडको मात्र शेयर कारोबार भएको छ।

यस साता कारोबार रकम घटेपनि औषत कारोबार संख्या र औषत शेयर संख्या बढेको छ। यस साता दैनिक औषत कारोबार संख्या ०.६७ प्रतिशत बढेको छ भने औषत शेयर संख्या ८.९६ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण ६.६२ प्रतिशत बढेको छ। गत साता ३५ खर्ब ६७ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पूँजीकरण यस साता २ खर्ब ३६ अर्ब रुपैयाँ बढेर ३८ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक बढेको छ। सो उपसमूहको परिसूचक यस साता १०.८७ प्रतिशत अर्थात ४५९.१४ अंक बढेर ४६८४.२२ विन्दुमा पुगेको छ। अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ। सो उपसमूहको परिसूचक यस साता ६५६.२६ अर्थात ४.६२ प्रतिशत बढेर १४ हजार ८६७.१३ विन्दुमा पुगेको छ। यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.३३ अंक अर्थात २.२१ प्रतिशत बढेको छ।

फ्लोरसिट विश्लेषणका आधारमा यस साता राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेको छ। त्यसैगरी, किसान लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, लक्ष्मी बैंक लगायतका कम्पनीहरु सो सूचीमा परेका छन्। त्यस्तै, यस साता जोशी हाइड्रोपावर डेभलपमेन्ट, गोर्खाज फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, तारागाउँ रिजेन्सी होटल लगायतका कम्पनी मोस्ट पपुलर सेल स्टकको सूचीमा परेका छन्।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।