गत साता ६ प्रतिशतभन्दा बढी बढेको नेप्से, यस साता के होला?

Jan 16, 2022 08:27 AM Merolagani



गत साता नेप्से परिसूचक ६ प्रतिशत बढेको थियो। अघिल्लो साता २६९२.४७ विन्दुमा बन्द भएको नेप्से, गत साता १६५.२८ अंक अर्थात ६.१४ प्रतिशत बढेर २८५७.७५ विन्दुमा बन्द भएको थियो।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा ३१०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, यस साता ओरालो लागेमा भने २६०० विन्दुमा टेवा पाउने देखिन्छ।

यस साता नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ भने यी दुई बीचको दूरी क्रमशः बढ्दै गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन नेप्सेले बुलिश मारुबोजु मैनबत्ती बनाएको छ। यसले सो दिन बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ। त्यसैगरी, यस साता पनि नेप्सेले साप्ताहिक रुपमा बुलिश मारुबोजु नै बनाएको छ जसले सो साता बिक्रीकर्ता माथि खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

नेप्सेसँगै गत साता भोल्यूम पनि बढेको छ। गत साता नेप्सेको दैनिक औषत भोल्यूम ७ अर्ब १३ करोड रुपैयाँ रहेको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ४ अर्ब ७६ करोड रुपैयाँ रहेको छ। नेप्सेको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ४९.७८ प्रतिशत बढी हो।

वित्त उपसमूह

गत साता १३ वटै उपसमूहको परिसूचक बढेका थिए। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक १६.९४ प्रतिशत बढेको थियो। अघिल्लो साता २२३९.४१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक गत साता ३७९.३७ अंक बढेर २६१८.७८ विन्दुमा पुगेको थियो।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा २८०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा २४०० विन्दुमा टेवा पाउने देखिन्छ।

यस उपसमूहको ५ दिने इएमए पनि २० दिने इएमएभन्दा माथि रहेको छ। र यी दुई बीचको दूरी बढ्दै गएको छ। यसले बजारमा वित्त कम्पनीहरुमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन फाइनान्सले बुलिश मारुबोजु मैनबत्ती बनाएको छ। यसले सो दिन बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




पूँजीबजार र अर्थतन्त्र सुधार्ने ‘अध्यादेश’: ५० प्रतिशत प्रगति भएका हाइड्रोलाई आईपीओ, ३० दिनमा हकप्रद र कर परीक्षण हदम्याद २ वर्ष

Nov 15, 2026 06:06 AM

सरकारले पूँजीबजार, लगानी प्रवर्द्धन, कर प्रशासन र पूर्वाधार विकासमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न एकैपटक ५९ वटा ऐन संशोधन गर्ने गरी बृहत् अध्यादेशको प्रारम्भिक मस्यौदा तयार पारेको छ।