लगानीकाे नियम सिकाउने पुस्तक 'वारेन बफेट्स ग्राउण्ड रुल्स' काे सारंश

Mar 30, 2022 05:56 PM Merolagani

हरेक साता अर्थ तथा शेयर बजारसँग सम्बन्धित पुस्तकहरूकाे सारंश प्रस्तुत गर्ने क्रममा यस साता चर्चित लेखक जेरेमी सी मिलरकाे पुस्तक 'वारेन बफेट्स ग्राउण्ड रुल्स' काे सारंशकाे पहिलाे भाग यहाँ प्रस्तुत गरिएकाे छ।

को हुन् जेरेमी सी मिलर?
जेरेमी सी मिलर न्यूयोर्क स्थित एक प्रमुख म्युचुअल फण्ड कम्पनीका लगानी विश्लेषक हुन्। उनीसँग विश्वका धेरै ठूला लगानी बैंकहरुमा इक्विटी बिक्री र अनुसन्धानका क्षेत्रहरुमा १५ वर्षभन्दा बढी काम गरेको वित्तीय अनुभव छ।

भाग १

अध्याय १ः अभिमुखीकरण

शेयर बजार कहिलेकाहीँ अल्पकालिन अवधिमा स्टक मूल्य प्रस्ताव गर्न जंगली र तर्कहीन हुनसक्छ, तर दीर्घकालिन अवधिमा, स्टकको मूल्यले व्यवसायको आर्थिक अनुभव वर्णन गर्दछ। कुनै व्यवसायको स्टक खरिद गर्नु भनेको व्यवसाय खरिद गर्नु जस्तै हो, तपाईले व्यवसायको आंशिक स्वामित्व दाबी गर्नुहुन्छ। यदि कुनै पनि व्यवसाय (स्टक) को बजार मूल्य कुनै पनि सीमित अवधिको लागि इन्ट्रीन्सीक भ्यालु भन्दा तल जान्छ भने, बजारका बलहरुले अन्ततः कम मूल्याङ्कनलाई सच्याउन कार्य गर्दछ किनभने दीर्घकालिन रुपमा, बजार एकदम राम्रो छ।

के हुन गइरहेको छ भनेर भविष्यवाणी गर्न एकदमै गाह्रो छ, त्यसैले, बफेटले कहिले पनि बजारमा ठूलो गिरावट आउँदैछ भनेर भविष्यवाणी गर्ने प्रयास गर्दैनथे। म्याक्रो भ्यारिएबलहरुले वारेन बफेटको विचारले लगानीको निर्णयमा कुनै प्रभाव पार्दैन। उनको मुख्य फोकस जहिले पनि स्टकको वर्तमान मूल्य यसको इन्ट्रीन्सीक भ्यालुभन्दा कम छ कि छैन भन्नेमा हुन्थ्यो।

अध्याय २ः कम्पाउन्डिङ्ग

कम्पाउन्डिङ्ग भनेको नाफालाई निरन्तर रुपमा पुनः लगानी गर्ने प्रक्रिया हो जसले गर्दा प्रत्येक पछिल्ला लाभले आफैले प्रतिफल प्राप्त दिन थाल्छ। आइन्स्टाइनले कम्पाउन्ड इन्ट्रेस्टलाई विश्वको आठौँ आश्चर्य भन्ने गरेको पाइन्छ। उनी भन्थे, ‘जसले यसलाई बुझ्यो, उसले कमायो, जसले बुझेन, तिर्यो’। बफेटले आफ्नो २० औँ दशकको मध्यमा कम्पाउन्ड इन्ट्रेस्टको शक्तिले आफुलाई धनी बनाउँछ भन्ने बुझे। धेरै कार्यक्रमहरुमा, उनले दीर्घकालिन लगानीमा कम्पाउन्ड इन्ट्रेस्टको महत्वबारे जोड दिएका थिए। १९६५ को उनको चिठीमा, उनले १२ प्रतिशत कम्पाउन्ड इन्ट्रेस्टमा २० वर्षको लागि गरिएको १ लाख डलर लगानी १० लाख हुने उदाहरण दिएका थिए।

अध्याय ३ः मार्केट इण्डेक्सिङ्गः केही नगर्ने तर्क

आफैले अथवा सक्रिय म्युचुअल फण्डहरुमार्फत लगानी गर्ने अधिकांश लगानीकर्ताहरुले बजारले भन्दा नराम्रो प्रदर्शन गर्छन्। पर्याप्त समय दिन नसक्ने लगानीकर्ताहरुका लागि सबैभन्दा राम्रो लगानीको रणनीति भनेको लो कष्ट इण्डेक्स फण्डमा लगानी गर्नु हो। जोन बोग्लेले सन् १९७५ मा भ्यानगार्ड ५०० इण्डेक्स फण्ड निर्माण गरे र पहिलो धितोपत्र सिर्जना गरे जसमा स्वतः एस एण्ड पी ५०० मा भएका सबै कम्पनीहरुको हिस्सा छ।

अध्याय ४ः मापनः केही नगर्ने र केही गर्नेहरु बीच

बफेट ८ ग्राउण्ड रुलहरुमध्ये दुई वटा (४ र ५) ले बफोट पार्टनरसीप लिमिटेडमा पार्टनर चयनका लागि ‘कसरी’ र ‘कति समयका लागि’ मापन गर्ने तरिकामा जोड दिन्छ। यी दुई नियमहरु एकदमै सामान्य छन्, लगानी व्यवस्थापकहरुजस्तै यी नियमहरुले आजपनि धेरै लगानीकर्ताहरुमा राम्रोसँग काम गर्छ। नियम ४ः लगानीकर्ताको उद्देश्य बजरलाई कम्तिमा पनि १० अंकले हराउने भएपनि, नतिजा बजारको औषतको तुलनामा मापन गरिनुपर्छ। उदाहरणको लागि बजार ७ प्रतिशत कम्पाउन्डिङ्ग भएपनि, उसले १७ प्रतिशत कम्पाउन्ड अपेक्षा राख्न सक्छ। नियम ५ः सापेक्ष कार्यसम्पादन सान्दर्भिक हुन कम्तिमा ३ देखि ५ ट्रेलिङ्ग आधारमा मापन गरिनुपर्छ तथा ५ वर्षको परीक्षण अझ राम्रो हुन्छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।