आइएमई जनरल इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा

Mar 31, 2022 08:25 AM Merolagani



आइएमई जनरल इन्स्योरेन्स (IGI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ।

इन्स्योरेन्सले बैशाख ९ गते, शुक्रबार चौबिसौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा लैनचौर बैङ्क्वेट्स, लैनचौरमा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ४२ लाख ६४ हजार ७९० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अधिकृत पूँजी २ अर्ब ५० करोड पुर्याउने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले चैत २५ गतेदेखि बैशाख ९ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।