गत साता करिब साढे १ प्रतिशत बढेर बन्द भएको नेप्से, यस साता के होला?

May 01, 2022 06:01 AM Merolagani



गत साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत बढेर बन्द भएको छ। अघिल्लो साता २३२५.४५ विन्दुमा बन्द भएको नेप्से, गत साता १.३२ प्रतिशत अर्थात ३०.७२ अंक बढेर २३५६.१७ विन्दुमा बन्द भएको छ।

साताको पहिलो कारोबार दिन नै नेप्से उच्च अंकले बढेका कारण गत साता समग्रमा सकारात्मक देखिएको हो।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा २५३५.४८ विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २२५९.५२ विन्दुमा टेवा पाउने देखिन्छ।

यस साता पनि नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजार अझै करेक्सन जोनमा रहेको संकेत गर्दछ। यद्यपि, गत साता यी दुई इएमएबीचको दूरी साँघुरिँदै गएको छ।

यस साता नेप्से उकालो लागेपनि भोल्यूम भने कमजोर नै रहेको छ। यस साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ६४ करोडको शेयर खरिदबिक्री भएको छ। नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब ७४ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ५.७६ प्रतिशत कम हो।

व्यापार उपसमूह

गत साता १३ मध्ये ११ उपसमूहको परिसूचक बढेको थियो भने २ उपसमूहको परिसूचक घटेको थियो। गत साता सो उपसमूहको परिसूचक १.५८ प्रतिशत घटेको थियो।

अघिल्लो साता २१७६.९३ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, गत साता ३४.३६ अंक घटेर २१४२.५७ विन्दुमा बन्द झरेको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा २५०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १७५० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता यस उपसमूहको ५ दिने इएमए २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजारमा सो उपसमूहको बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।