बुकिङ गरेको ६ महिनासम्म पनि पाउदैनन् ग्राहकले इलेक्ट्रिक गाडी, व्यवसायी भन्छन ‘अझै सहज हुने अवस्था छैन’

May 22, 2022 01:25 PM Merolagani



अन्तराष्ट्रिय बजारमा चिप अभावका कारण नेपालमा विद्युतिय गाडीको सप्लाई अझै केहि महिना सहज नहुने भएको छ । अहिले नेपालका विद्युतिय गाडीका आधिकारीक बिक्रेताले ग्राहकले भनेकै समयमा गाडी उपलब्ध गराउन सकेका छैनन् ।

माग अनुसार अन्तराष्ट्रिय बजारबाट विद्युतिय गाडी आयात नभएपछि बुकिङ समेत बन्द गर्ने मोडमा व्यवसायी पुगेका हुन ।

नेपालमा इन्धनबाट चल्ने कमर्सियल गाडीभन्दा तीन गुणा बढी माग विद्युतिय गाडी रहेको छ । अर्को तर्फ नेपालमा इन्धनको मूल्यमा भारि वृद्धि भएसँगै गाडी पारखीको लागि विद्युतिय गाडी तर्फ नै आकर्षण बढेपछि अटो कम्पनीहरुले माग थेग्न सकेका छैनन् ।

हाल २०७९÷०७० खालको बजेट सार्वजनिक हुने दिन पनि नजिकिदै गएको र सरकारले कस्तो नीति ल्याउछ भन्नेमै व्यवसायी जेठ १५ कुरिरहेका छन् ।

नाडा अटोमोबाइल एसोसियसनका उपाध्यक्ष तथा विद्युतिय सवारी समितिका सभापति राजनबाबु श्रेष्ठले नेपालमा अझै केहि महिना विद्युतिय गाडीको सप्लाई सहज नहुने देखिएको बताए ।

‘अहिले अन्तराष्ट्रिय बजारमा व्याट्री र चिप्सको समेत सर्टेज छ, अहिले व्यवसायीहरुले कुनै निर्णय गर्ने अवस्थामै छैनन्’ श्रेष्ठले मेरोलगानीसँग भने ‘ग्राहकले ६ देखि ७ महिना कुरेपछि मात्रै गाडी डेलिभरी भइरहेको छ।’ 

सिप्रदि ट्रेडिङका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका श्रेष्ठले पछिल्लो समय गाडी बिक्रेता कम्पनीहरुले बुकिङ गरेर मात्रै ग्राहकहरुलाई फर्काइरहेको जनाकारी दिए ।

उनका अनुसार गत महिना सरकारले इन्धनबाट चल्ने सबै चारपाग्रे सवारीमा लगाएको आयात प्रतिबन्ध समेत हटाउन सकारात्मक रहेको श्रेष्ठको भनाई छ । नेपालमा हाल टाटा, एमजी, हुन्डाइ, बिवाईडिका गाडी अभाव जस्तै छ ।

साइमेक्स इङ्क नेपालकी अध्यक्ष एमुना श्रेष्ठले ग्राहकलाई समयमै विद्युतिय गाडी डेलिभरी गर्न सहज वातावरण नभएका बताइन् ।

‘चीनबाट आउने अधिकांश गाडीहरु चीनका केहि शहरमा भएको लकडाउनका कारण आउन सकेका छैनन्’ श्रेष्ठले भनिन ‘नेपालमा स्टक सकिसकेको छ।’  कम्पनीहरुसँग यतिबेला स्टक पनि नभएको व्यवसायीले बताएका छन् ।

चालु आर्थिक बर्ष २०७८/०७९ को आठ महिनामा नेपालमा १४ सय ५७ ओटा विद्युतिय चारपाँग्रे गाडी नेपाल भित्रिएका छन् ।

भन्सार विभागको तथ्याङ्क अनुसार १०० किलोवाट माथिका इलेक्ट्रिक जीप र भ्यान ७३८ओटा आयात भएका छन् । त्यसैगरी, १०० देखि १५० किलोवाटसम्मका १३ ओटा चारपाग्रे गाडी भित्रिएको तथ्याङ्कमा उल्लेख छ ।

त्यसै सयदेखि दुई सय किलोवाटसम्मका ७१९ ओटा इलेक्ट्रिक चारपाँग्रे गाडी आयात भएका छन् भने दुई सयदेखि तीन सय किलोवाटका तीन ओटा विद्युतिय गाडी नेपाल भित्रिएका छन् ।

आयात भएका विद्युतिय गाडी मध्ये भारत र चीनबाट धेरै गाडी आयात भएका छन  भने चीनबाट बिवाइडी, चेरीलगायतका गाडी आयात भएका छन् । कोरियाबाट हुन्डाई,अमेरिकाबाट टेस्ला गाडी आयात भइरहेका छन् ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।